site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

डोटी, रासस । करीब दुई महिना यतादेखि फैलिएको अज्ञात रोगले डोटीमा चौपाया मर्न थालेका छन् । 

जिल्लाको शिखर नगरपालिका–१० बानेडुग्रीसैनमा केही महिना यतादेखि फैलिएको अज्ञात रोगले भैँसी, गोरु तथा गाई मर्न थालेको स्थानीय वीरबहादुर बलायरले बताए । 
जिल्ला पशु सेवा कार्यालय डोटीले सो ठाउँका पशु चौपायामा कुन रोग लागेको हो अहिलेसम्म पत्ता लगाउन नसकेको वडा अध्यक्ष मीनबहादुर बलायरले जानकारी दिए । उनका अनुसार अहिलेसम्म कम्तीमा ५० चौपाया मरिसकेका छन् । कतिपय चौपाया रोगले थला परेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चौपायाको मुखमा र्याल आउने, काप्ने, छट्पटाउने, खानापानी नखाने लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेको स्थानीयवासी बताउँछन् । जिल्लामा पशुसम्बन्धी चिकित्सक नभएकाले रोग पत्ता लाग्न नसकेको र उपचारसमेत हुन सकिरहेको छैन । नगरपालिकामा रहेको पशु सेवा एकाइ कार्यालयबाट प्राविधिक सो क्षेत्रमा गए पनि रोग पत्ता लगाउन नसकेको स्थानीय हर्कबहादुर बलायरले बताए । 
एकाइ कार्यालयमा रहेको सामान्य औषधि प्रयोग गरिएको भए पनि औषधिले खासै काम गर्न नसकिएको पशु एकाइ कार्यालयका प्राविधिक जयप्रकाश मल्लले बताए । “चौपायाको गोबर जाँचको लागि धनगढी पठाएका छौँ” उनले भने, “रिपोर्ट नआएकाले यही रोग लागेको हो भन्न सकिने अवस्था छैन ।” 

पशु चौपायामा फैलिएको महामारी रोग पत्ता लगाउन नगरपालिकाबाट पहल भइरहेको नगर प्रमुख सीताराम जोशीले बताए । “अज्ञात रोगले धमाधम पशु मरेको खबर हामीले पनि थाहा पायौँ, छिमेकी जिल्ला डडेल्धुरामा पनि पशु चिकित्सक छैनन्” उनले भने, “कैलालीबाट पशु चिकित्सकको टोली ल्याउन पहल भइरहेको छ ।” 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC