site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रशिक्षक र खेलाडीलाई पदक
Ghorahi CementGhorahi Cement

काठमाडौँ, रासस । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । 

सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट सम्मान गर्ने घोषणा गरेको हो । त्यसैगरी रेसलिङ खेलाडी भरतबहादुर विसुराल हिमालयन टाइगरलाई समाज सेवा रत्न प्रदान गरिनेछ । 

Agni Group

गत महिना इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकूदमा नेपालका लागि एक मात्र रजत पदक विजेता प्याराग्लाइडिङ टोलीलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । सो पदक पाउनेमा प्याराग्लाइडिङका मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार, व्यवस्थापक शैलेन्द्र राउतसहित खेलाडीहरु विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन् । 

संविधान दिवसको दिन घोषणा गरिएको पदक आगामी गणतन्त्र दिवसमा प्रदान गरिनेछ । संविधान दिवसका अवसरमा सरकारले बर्सेनि विभिन्न व्यक्तित्वलाई पदक प्रदान गर्दै आएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC