site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

फिदिम,रासस । पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । 
फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरपालिकाका नाममा रु ५० लाखभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रदान गरेका छन् । प्रतिरोपनी रु एक लाखमा बिक्री भइरहेको जग्गा स्थानीयवासीले रङ्गशाला निर्माणको कार्य तत्कालै अघि बढाउन सहयोग पुर्याउने उद्देश्यले निःशुल्क प्रदान गरेका हुन् । 
हालसम्ममा छ जना जग्गाधनीले ३१ रोपनी जग्गा फिदिम नगरपालिकाका नाममा रजिष्टेशन पास गरिसकेको जिल्ला मालपोत कार्यालय पाँचथरका निमित्त प्रमुख बाबुराम पोखरेलले जानकारी दिए । नयाँ शहरका रुपमा विकास भइरहेको फिदिममा व्यवस्थित रङ्गशालाको आवश्यकता खड्किएको अवस्थामा स्थानीयले जग्गा प्राप्ति समिति बनाई रङ्गशाला निर्माणको आधार तयार गरिदिएका हुन् । स्थानीय जग्गाधनीले रामचन्द्र नेपाल संयोजक, गगनलावती सहसंयोजक र रामकुमार तामाङ सचिव रहेको सात सदस्यीय जग्गा प्राप्ति समिति बनाई रङ्गशाला निर्माणका लागि जग्गा निःशुल्करुपमा सरकारी निकायलाई उपलब्ध गराएका हुन् । 
जग्गा प्राप्त भइसकेपछि सरकारी निकायबाट रङ्गशाला निर्माणको कार्य अघि बढ्ने स्थानीयवासीको विश्वास छ । रङ्गशाला निर्माणका लागि प्रयास गर्दै आएको नयाँ शहर आयोजनाको कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जग्गा प्राप्ति भई सकेपछि रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताए । रङ्गशाला पनि नयाँशहरका लागि आवश्यक पूर्वाधारकै रुपमा पर्ने भएकाले रङ्गशाला निर्माणको कार्य यसै वर्षबाट अघि बढ्ने प्रजापतिले जानकारी दिए । 
नगरपालिकाले पत्र पठाएपछि आयोजना कार्यालयले विस्तृत सर्वेक्षणको कार्य अघि बढाउने छ । नयाँ शहर आयोजनाको कार्यालयको चालू आवको कार्यक्रममा रङ्गशाला निर्माणका लागि विस्तृत सर्वेक्षण गर्ने तथा निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउने कार्यक्रम समावेश भएकाले ठेक्का प्रक्रिया यही आवभित्र शुरु हुने प्रजापतिले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC