site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कञ्चनपुर (रासस) । वर्षौं पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी त्रिपालको छाना बनाएर बस्न बाध्य भएका छन् । पुराना भवन मर्मत सम्भारको कार्य नहुँदा छानाबाट पानी चुहिने भएकाले त्रिपाल राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् ।
भवनमा वर्षौं पहिले लगाइएका इँटासमेत खिइएर झर्न थालेका छन् । पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताएका छन् । आर्थिक अभावले कारागारका जीर्ण भवनमर्मत सम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख श्यामराज भट्टले बताए ।
भवन निकै पुराना भएकाले छत चुहिन्छ उनले भने, “फर्स तलबाटसमेत पानी आउने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” “उत्तर पूर्वतर्फको बुर्जाघरमा चट्याङ परेर भत्केको धेरै भयो । मर्मत गर्ने पैसा नहुँदा त्यतिकै रहेको छ । महिला कैदीबन्दी बस्दै आएको भवनको भान्सा घरको छानासमेत खस्ने अवस्थामा छ” उनले भने ।
कारागार विभागबाट थोरै बजेट आउँदा कैदीबन्दीको स्वास्थ्योपचार र खाना खर्चका लागिसमेत सो रकमले नपुग्दा अन्य मर्मत सम्भार र निर्माणका कार्य हुन नसकेको उनको भनाइ छ । 
कारागारमा पुरुष कैदीबन्दी ७५ र महिला कैदीबन्दी २० गरी ९५ जना राख्ने क्षमता रहेकोमा अहिले कारागारमा पुरुष कैदीबन्दी २७७ र महिला कैदीबन्दी १८ गरी २९५ कैदीबन्दी राखिएका छन् । कैदीबन्दीलाई सुत्नका लागि व्यवस्था नहुँदा ग्यालरी र टिनसेटमा सुत्ने गरेका छन् ।
खानेपानी र शौचालयमा जानका लागिसमेत कैदीबन्दीले पालो पखर्नुपर्ने अवस्था रहेको छ । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।” कैद मुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको भनाइ छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच बिगाहा क्षेत्रफलमा फैलिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC