देश
काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । घिमिरे प्रमुख आयुक्तमा आजै नियुक्त भएका हुन्। रासस
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५ ०४:२९
प्रतिक्रिया दिनुहोस्