site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेपाकताक्रो किङ्स कप खेल्न थाइल्यान्ड जाने टोलीको बिदाइ
Sarbottam CementSarbottam Cement

काठमाडौं । ३३ औं किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन थाइल्यान्ड जाने नेपाली सेपाकताक्रो टोलीको बिदाइ गरिएको छ । शुक्रबार थाइल्यान्ड जाने टोलीको बिदाइ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गरेका हुन् । सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष÷महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउनेछन् ।

थाइल्यान्ड जाने पुरुषतर्फ खेलाडीमा रुपेश सुनार (कप्तान), रोशन तामाङ, सुजन डंगोल, सन्जिव धिमाल, रविन भट्टराई तथा विजय महतो रहेका छन् । त्यस्तै, महिलातर्फ सोममाया थापा मगर (कप्तान), चन्द्रा चौधरी, भूमि थिङ लामा, स्वस्तिका श्रेष्ठ र सुमित्रा डंगोल छन् ।  टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङ र गंगाबहादुर गुरुङ छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त प्रतियोगितामा ३५ राष्ट्रको सहभागि हुने अध्यक्ष गुरुङ बताए । निर्णायकको भूमिकामा अर्जुनबहादुर ठकुल्ला र सलिना थापा पनि टोलीसँगै थाइल्यान्ड जाने भएका हुन् । किङ्स कपमा नेपालले २९ औं संस्करणदेखि भाग लिन सुरु गरेको थियो । त्यसएता ३१ ऋौं संस्करण बाहेक सबैमा सहभागिता जनाएको थियो । २०७२ को भूकम्पका कारण नेपालले ३१ औं संस्करणमा सहभागिता जनाएन ।

सहभागी ३ संस्करणमा हालसम्म नेपालले ४ कांस्य जितेको छ । २९ औं संस्करणमा नेपालले पुरुष रेगु, ३० औंमा पुरुष रेगु र डबल्स तथा ३२ औंमा महिला रेगुमा कांस्य पदक जितेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC