site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालगञ्ज, बाँके  (रासस) । सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण भारतबाट स्वदेश फर्कंदै गरेका यात्रु नेपालगञ्जमा अलपत्र परेका छन् । 

भारतमा रोजगार गरी पर्व मनाउन घर फर्कंदै गरेका प्रदेश नं ५ र कर्णाली प्रदेशका पहाडी जिल्लाका सर्वसाधारण तीन दिनदेखि नेपालगञ्जमा अलपत्र परेका हुन् । नेपालगञ्ज बसपार्कमा बस चल्ने आशामा यात्रु दिनभर धाउने गरेका छन् ।
बस सञ्चालन नहुँदा घर जान नपाएको जाजरकोट भेरीगङ्गा नगरपालिकाका शिवकुमार वलीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतबाट घर जाने र उपचारका लागि नेपालगञ्ज आएका सर्वसाधारण गाडी नचलेका कारण अलपत्र परेको वलीले जानकारी दिए। 

सार्वजनिक यातायात सञ्चालन नगरेर घरमै थन्काउँदा सयौँको सङ्ख्यामा यात्रु गन्तव्यमा पुग्न नसकेर नेपालगञ्जमै अलपत्र परिरहेको भेरी अञ्चल यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले बताए ।

Global Ime bank

चालक र मालिक आफैँ भएका सार्वजनिक बस फाट्टफुट्ट सञ्चालनमा आए पनि अन्य बस सञ्चालन गर्न चालकले नमानेको उनले बताए । दिनभर यात्रुलाई जम्मा गरे पनि अन्तिममा चालकले गाडी चलाउन इन्कार गर्ने गरेको पौडेलको भनाइ छ ।

सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै असोज १ गतेदेखि चालक आन्दोलित भएका हुन् । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिको बन्द आह्वान भनिए पनि नेपालगञ्जमा आन्दोलन नेतृत्वविहीन छ । “यहाँ कसैले चला वा नचला भन्ने भन्दापनि स्वस्फूर्तरुपमा बन्द भएको छ । केन्द्रबाट पर्चा, पम्प्लेट बाँडेकाले नचलाएका हुन्”, चालक इन्द्र थापाले भने । मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ चालकमैत्री नभएकाले चालकहरु आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

भेरी यातायात प्रालिका महासचिव उमेश गुरागार्इंले सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण पर्वको मुखमा व्यवसायी पीडित भएको बताए । यात्रुको चाप हुने बेला गरिएको आन्दोलनले यात्रुसँगै व्यवसायीसमेत पीडित हुनुपरेको उनको भनाइ छ । व्यवसायी र सङ्घ–संस्थासँग समन्वय नगरी गरिएको चालकको आन्दोलन निष्कर्षमा पुग्न कठिन देखिएको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC