site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चालकको आन्दोलनले पेट्रोलियम पदार्थको अभाव, निगम भन्छ– भन्डारण प्रशस्त छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबार बिहानैदेखि राजधानीका पेट्रोल पम्पमा इन्धन भर्नेको लाम थियो । पम्पहरुले बिहान केहीबेर तेल बाँडेपनि दिउसो भने उपभोक्ताले १० वटा पेट्रोल पम्प चहार्दा पनि तेल पाएनन् । यसपछाडि कारण देखाइएको थियो, ‘मूलुकी फौजदारी ऐनले चालकलाई तोकेको जेल सजायविरुद्ध ट्यांकरसहित सम्पूर्ण सवारी चालकको विरोध ।’ वास्तवमै चालकको बुधबार आवश्यकताभन्दा केही कम मात्र तेल पम्पसम्म पुगेको थियो ।

तर, काठमाडौंमा रहेका कूल १ सय २० वटाभन्दा बढी पेट्रोल पम्पले मागभन्दा केही बढी भण्डारण गर्ने गर्छन् । निगमले बुधबार गरेको आपूर्ति र पम्पहरुको भण्डारणको हिसाब गर्दा बिहीबार दिनभर कुनै असहजता सिर्जना हुनु नपर्ने थियो । तर, सर्वसाधारणले बिहीबार दिनैभर सकस भोग्नुपर्यो ।

केहीदिन यता ढुवानी असहज हुनु पछाडि ट्यांकर चालकको मात्र आन्दोलन हैन । मुलुकी ऐन संहिताविरुद्ध देशव्यापी गरिएको विरोधका कारण ट्यांकर चालक पनि बाँकी रहेनन् । उपत्यका बाहिर तेलको यातायात चालकका आन्दोलनका कारण ट्यांकर चलाउन असहज बनेको हो । ट्यांकर चालकलाई अन्य चालकले उक्साएर वा अवरोध पुर्याएर तेल ढुवानीमा अवरोध पुर्याएको निगमले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले ट्यांकर चालकको मात्र नभएर समस्त सवारी चालकको आन्दोलन भएका कारण तेल आपूर्ति असहज भएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताए । उनका अनुसार ट्यांकर चालकले आफ्नो नेतृत्वमा नभएर अरुको लहैलहैमा मिलेर निगमलाई असहयोग भएको हो ।

बाह्रखरीसँग उनले भने, “ट्यांकर चालकले आन्दोलनबारेमा निगमलाई केही जानकारी दिएका छैनन् ।”

Global Ime bank

ट्यांकर सञ्चालनमा आउन नसक्दा डिपोसम्म तेल ढुवानी हुन र डिपोबाट तेल बजारसम्म पुग्न नसकेको उनले स्वीकारे । उनले थपे, “यही कारण सर्वसाधारणले अहिलेको यस्तो स्थिति भोग्नुपरेको हो ।”

पछिल्लो समय निगमसँग ट्यांकर चालक रिसाउनुको विषय पनि छैन । प्रमुख भट्टराईका अनुसार ट्याङकर चालकले उठाएका मागहरु प्रति निगम सकरात्मक रही तलब भत्ता, संचय कोष, ट्रिप भत्ता पुरा गर्ने सहमत भइसकेको छ । 

उनका अनुसार निगमले आफ्नो प्रणालीमा ढुवानीमा अवरोध पुर्याउने जानकारी आउनेवित्तीकै कडा कारबाही गर्छौं भनेर सूचना प्रकाशित गरिसकेको छ । उनले थपे, “ढुवानीकर्ताले गाडी चलाउनुपर्छ, यदि उनीहरुको आफ्नो पकडमा आफ्नै गाडी छैन भने त्यस्ता ढुवानीकर्ता हामीलाई चाहिएको छैन समेत भनेका छौं ।”

अहिले तेल ढुवानी गर्ने अधिकांश चालक हेटौंडा र सिमरामा बसेका छन्  जसको कारण रक्सौलबाट तेल उठ्न सकिरहेको छैन । चालकको आन्दोलनका कारण बुधबार डिपोदेखि पम्पसम्मको तेल ढुवानी पनि प्रभावित भएको थियो । सोदिन २ लाख ५ हजार लिटर पेट्रोल र १ लाख १९ हजार लिटर डिजेलमात्र पम्पसम्म पुगेको हो । काठमाडौंको माग दैनिक ६ लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजेल रहेकोमा मागभन्दा आपूर्ति कम हुँदा सर्वसाधारणले सास्ती भोग्नुपर्यो ।

के गर्दैछ निगम ? 

तर, तेलको उपलब्धता सहज बनाउन निगमले गृहकार्य गरिरहेको जनाएको छ । बिहीबार बजारमा तेल अभाव देखिएपछि निगमले रातिसम्म करिब ११ लाख लिटर तेल बजारमा पठाउने बताएको छ । काठमाडौंस्थित थानकोट डिपो प्रमुख ई. भरत रेग्मीका अनुसार बुधबार तेल पठाउन ‘डिस्टर्बेन्स’ भएपनि बिहीबार साँझसम्म ५ लाख ९८ हजार लिटर पेट्रोल र ५ लाख लिटर डिजेल पम्पसम्म पुर्याउन लोड भइसकेको छ । उनका अनुसार तेल लोड हुने क्रम अझै जारी छ ।
निगम प्रमुख भट्टराईले पनि निगमसँग मौज्दात प्रशस्त रहेका कारण केही दिन सर्वसाधारणले सास्ती भोग्नुनपर्ने बताए ।

उनका अनुसार जिल्लास्थित सरकारका सम्बन्धित निकायसँग गरिएको छलफल र निरन्तर प्रयासपछि शुक्रबारसम्म स्कर्टिङ गरेरै भएपनि डिपोसम्म तेल पुर्याइने निगमको योजना छ । निगम स्रोतका अनुसार हाल करिब १० लाख लिटर तेल डिपो आउने क्रममा रहेको छ । चालकहरुको आन्दोलनका कारण तेल बाटोमा अड्किएको हो ।

यसैबीच काठमाडौंमा तेलको अभाव हुने देखिएपछि निगमले १ लाख लिटर तेल नेपालगञ्जबाट मगाएको छ । सामान्य अवस्थामा थानकोट डिपो भण्डारण क्षमताले काठमाडौंको पेट्रोल माग ३ दिन र डिजल माग ६ दिन धान्ने क्षमता राख्दछ ।
पेट्रोल पम्पहरुले भने उपभोक्ताले आवश्यकताभन्दा बढी जोहो गर्नेगरी माग गर्दा तेलका अभाव देखिएको बताउँदै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !