site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
किन अभाव हुँदैछ बजारमा पेट्रोलियम पदार्थ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबार बिहानैदेखि राजधानीका पेट्रोल पम्पमा इन्धन भर्नेको लाम थियो । पम्पहरुले बिहान केहीबेर तेल बाँडेपनि दिउसो भने उपभोक्ताले १० वटा पेट्रोल पम्प चहार्दा पनि तेल पाएनन् ।

यसपछाडि कारण देखाइएको थियो, ‘मूलुकी फौजदारी ऐनले चालकलाई तोकेको जेल सजायविरुद्ध ट्यांकरसहित सम्पूर्ण सवारी चालकको विरोध ।’ वास्तवमै चालकको बुधबार आवश्यकताभन्दा केही कम मात्र तेल पम्पसम्म पुगेको थियो ।

तर, काठमाडौंमा रहेका कूल १ सय २० वटाभन्दा बढी पेट्रोल पम्पले मागभन्दा केही बढी भण्डारण गर्ने गर्छन् । निगमले बुधबार गरेको आपूर्ति र पम्पहरुको भण्डारणको हिसाब गर्दा बिहीबार दिनभर कुनै असहजता सिर्जना हुनु नपर्ने थियो । तर, सर्वसाधारणले बिहीबार दिनैभर सकस भोग्नुपर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

केहीदिन यता ढुवानी असहज हुनु पछाडि ट्यांकर चालकको मात्र आन्दोलन हैन । मुलुकी ऐन संहिताविरुद्ध देशव्यापी गरिएको विरोधका कारण ट्यांकर चालक पनि बाँकी रहेनन् । उपत्यका बाहिर तेलको यातायात चालकका आन्दोलनका कारण ट्यांकर चलाउन असहज बनेको हो । ट्यांकर चालकलाई अन्य चालकले उक्साएर वा अवरोध पुर्याएर तेल ढुवानीमा अवरोध पुर्याएको निगमले जनाएको छ ।

अहिले ट्यांकर चालकको मात्र नभएर समस्त सवारी चालकको आन्दोलन भएका कारण तेल आपूर्ति असहज भएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताए । उनका अनुसार ट्यांकर चालकले आफ्नो नेतृत्वमा नभएर अरुको लहैलहैमा मिलेर निगमलाई असहयोग भएको हो ।

Global Ime bank

बाह्रखरीसँग उनले भने, “ट्यांकर चालकले आन्दोलनबारेमा निगमलाई केही जानकारी दिएका छैनन् ।”

ट्यांकर सञ्चालनमा आउन नसक्दा डिपोसम्म तेल ढुवानी हुन र डिपोबाट तेल बजारसम्म पुग्न नसकेको उनले स्वीकारे । उनले थपे, “यही कारण सर्वसाधारणले अहिलेको यस्तो स्थिति भोग्नुपरेको हो ।”

पछिल्लो समय निगमसँग ट्यांकर चालक रिसाउनुको विषय पनि छैन । प्रमुख भट्टराईका अनुसार ट्याङकर चालकले उठाएका मागहरु प्रति निगम सकरात्मक रही तलब भत्ता, संचय कोष, ट्रिप भत्ता पुरा गर्ने सहमत भइसकेको छ ।

उनका अनुसार निगमले आफ्नो प्रणालीमा ढुवानीमा अवरोध पुर्याउने जानकारी आउनेवित्तीकै कडा कारबाही गर्छौं भनेर सूचना प्रकाशित गरिसकेको छ । उनले थपे, “ढुवानीकर्ताले गाडी चलाउनुपर्छ, यदि उनीहरुको आफ्नो पकडमा आफ्नै गाडी छैन भने त्यस्ता ढुवानीकर्ता हामीलाई चाहिएको छैन समेत भनेका छौं ।”

अहिले तेल ढुवानी गर्ने अधिकांश चालक हेटौंडा र सिमरामा बसेका छन्  जसको कारण रक्सौलबाट तेल उठ्न सकिरहेको छैन ।

चालकको आन्दोलनका कराण बुधबार डिपोदेखि पम्पसम्मको तेल ढुवानी पनि प्रभावित भएको थियो । सोदिन २ लाख ५ हजार लिटर पेट्रोल र १ लाख १९ हजार लिटर डिजेलमात्र पम्पसम्म पुगेको हो । काठमाडौंको माग दैनिक ६ लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजेल रहेकोमा मागभन्दा आपूर्ति कम हुँदा सर्वसाधारणले सास्ती भोग्नुपर्यो ।

के गर्दैछ निगम ?

तर, तेलको उपलब्धता सहज बनाउन निगमले गृहकार्य गरिरहेको जनाएको छ । बिहीबार बजारमा तेल अभाव देखिएपछि निगमले रातिसम्म करिब ११ लाख लिटर तेल बजारमा पठाउने बताएको छ । काठमाडौंस्थित थानकोट डिपो प्रमुख ई. भरत रेग्मीका अनुसार बुधबार तेल पठाउन ‘डिस्टर्बेन्स’ भएपनि बिहीबार साँझसम्म ५ लाख ९८ हजार लिटर पेट्रोल र ५ लाख लिटर डिजेल पम्पसम्म पुर्याउन लोड भइसकेको छ । उनका अनुसार तेल लोड हुने क्रम अझै जारी छ ।

निगम प्रमुख भट्टराईले पनि निगमसँग मौज्दात प्रशस्त रहेका कारण केही दिन सर्वसाधारणले सास्ती भोग्नुनपर्ने बताए । उनका अनुसार जिल्लास्थित सरकारका सम्बन्धित निकायसँग गरिएको छलफल र निरन्तर प्रयासपछि शुक्रबारसम्म स्कर्टिङ गरेरै भएपनि डिपोसम्म तेल पुर्याइने निगमको योजना छ ।

निगम स्रोतका अनुसार हाल करिब १० लाख लिटर तेल डिपो आउने क्रममा रहेको छ । चालकहरुको आन्दोलनका कारण तेल बाटोमा अड्किएको हो ।यसैबीच काठमाडौंमा तेलको अभाव हुने देखिएपछि निगमले १ लाख लिटर तेल नेपालगञ्जबाट मगाएको छ । सामान्य अवस्थामा थानकोट डिपो भण्डारण क्षमताले काठमाडौंको पेट्रोल माग ३ दिन र डिजल माग ६ दिन धान्ने क्षमता राख्दछ ।

पेट्रोल पम्पहरुले भने उपभोक्ताले आवश्यकताभन्दा बढी जोहो गर्नेगरी माग गर्दा तेलका अभाव देखिएको बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC