site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा सभापतिलाई झनै बलियो बनाउनेदेखि प्रतिष्पर्धीलाई उपसभापति बनाउनेसम्म 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले विकल्पसहितको प्रारम्भिक मस्यौदा तयार गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान संशोधन समितिले छलफलका लागि विकल्प सहितको प्रारम्भिक मस्यौदा तयार गरेको हो । 

समिति मातहतका तीन वटा उपसमितिबाट प्राप्त प्रारम्भिक मस्यौदा एकीकृत गर्न महामन्त्री खड्का संयोजकत्वको समितिले नेताहरु रमेश लेखक, आनन्दप्रसाद ढुंगाना र दिलेन्द्रप्रसाद बडू सदस्य रहेको छुट्टै समिति बनाएको थियो । उक्त समितिले बुधबार अबेर राति उपसमितिहरुबाट प्राप्त सुझावहरु समेटेर विकल्पसहितको प्रारम्भिक मस्यौदा एकीकृत गरेको बताइएको छ । 

विधान संशोधन मस्यौदा समितिले एकीकृत गरिएको विकल्पसहितको विधानको प्रारम्भिक मस्यौदालाई सात वटै प्रदेशमा छलफलका लागि लैजाने भएको छ । असोज ९ गतेदेखि १५ गतेसम्म सात वटै प्रदेशका विभिन्न स्थानमा सुझाव संकलनका लागि प्रारम्भिक मस्यौदामाथि छलफल गर्न कार्यक्रमहरु आयोजना गरिने मस्यौदा समितिका एक सदस्यले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशहरुमा आयोजना गरिने छलफल कार्यक्रमा नेता–कार्यकर्ताहरुबाट प्राप्त सुझावका आधारमा विधानको अन्तिम मस्यौदा तयार गरिने ती सदस्यको भनाइ छ । मस्यौदा समितिले प्रारम्भिक मस्यौदामा प्राप्त सुझावहरुको आधारमा अन्तिम मस्यौदा तयार गरेर केन्द्रीय कार्यसमिति समक्ष पेश गर्ने म्याण्डेड पाएको छ । 

‘‘एकीकृत मस्यौदामा समेटिका सुझावहरु लिएर हामी प्रदेशहरुमा जान्छौं । प्रदेशमा कांग्रेसको महासमिति, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सभापतिहरु लगायतका लिडरहरु हुन्छन् । मस्यौदमा समेटिएका इस्युहरुमा उहाँहरुको राय लिन्छौं । राय आइसेकपछि कुन प्रदेशबाट के–कस्तो राय आयो, ज्यादा ग्रेविटी कता पट्टी देखिन्छ त्यो आधारमा विधान मस्यौदा तयार हुन्छ,” मस्यौदा एकीकृत गर्ने जिम्मेवारी पाएका एक नेताले बाह्रखरीसँगको कुराकानीमा भने । 

Global Ime bank

यसअघि केन्द्रीय विधान संशोधन मस्यौदा समितिले विधानको प्रारम्भिक मस्यौदा निर्माणका लागि भदौ १५ गते तीन वटा उपसमिति गठन गरेको थियो । ती उपसमितिहरुलाई भदौ २३ गतेभित्र प्रारम्भिक मस्यौदा तयार पारेर पेश गर्ने कार्यादेश दिइएको थियो । 
फरमुल्लाह मन्सुरको संयोजकत्वमा गठित संरचना सम्बन्धि उपसमिति, डा. मिनेन्द्र रिजालको संयोजकत्वमा गठित कार्य विभाजन सम्बन्धि उपसमिति र मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धि उपसमितिले आफूले पाएको समयावधि भित्रै समिति समक्ष प्रारम्भिक मस्यौदाहरु पेश गरेको थियो ।  

कांग्रेसको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले एकीकृत गरेको विधानको प्रारम्भिक मस्यौदामा पार्टी संरचना निर्माणका लागि विभिन्न विकल्पहरु समेटिएका छन् । एकीकृत प्रारम्भिक मस्यौदामा केन्द्रीय कार्यसमितिदेखि बुथ÷मतदान केन्द्र स्तरीय कार्यसमिति चयनका लागि तीन वटा विकल्पहरु समावेश गरिएको स्रोतले जनाएको छ ।   

विधानको प्रारम्भिक मस्यौदामा सभापतिलाई थप अधिकार सम्पन्न गर्नेदेखि पार्टीका विभिन्न समितिहरुमा पनि निर्वाचन गरेर नेतृत्व चयन गर्नुपर्ने सम्मका सुझावहरु समेटिएका छन् । 

‘‘केन्द्रीय कार्यसमिति कसरी गठन गर्ने भन्ने बारेमा तीन वटा कोणबाट सुझाव आएको छ । पहिलो सभापतिय पद्धतिमा जानु पर्दछ भन्ने छ । दोस्रो अहिलेकै जुन व्यवस्था छ त्यही ढंगले अगाडि बढ्ने भन्ने छ । र अर्को विभिन्न निकायहरु निर्वाचित गर्ने भन्ने बारेमा सुझावहरु आएका छन् । यी सबै सुझावहरुलाई खुल्ला ढंगले छलफलमा ल्याउन एकीकृत प्रारम्भिक मस्यौदामा समेटिएका छन्,’’ समितिका सदस्य स्रोतले भने । 

स्रोतका अनुसार मस्यौदामा सभापतिको मात्रै निर्वाचन गर्ने र सभापतिले सदस्यमा निर्वाचित मध्येबाट पदाधिकारीहरु चयन गर्ने सुझाव राखिएको छ । कांग्रेसले विभिन्न प्रदेशमा गर्ने छलफलका क्रममा नेता–कार्यकर्ताहरुले यही सुझावअनुसार विधानमा व्यवस्था गर्न सुझाव दिए सभापतिले पदाधिकारी चयन गरेर केन्द्रीय कार्यसमितिलाई जानकारी मात्रै दिनुपर्ने छ । कांग्रेसको अहिलेको विधानअनुसार सभापतिले मनोनित गरेका पदाधिकारीलाई केन्द्रीय कार्यसमितिले अनिवार्य अनुमोदन गर्नुपर्ने व्यवस्था छ । 
त्यस्तै एकीकृत प्रारम्भिक मस्यौदामा अहिले यथावत रहेको व्यवस्था अनुसार नै कार्यसमिति चयन गर्ने सुझावपनि राखिएको छ । तर यसमा कोषाध्यक्ष भने मनोनित गर्नुपर्ने भनिएको छ । अहिलेको विधानमा निर्वाचनमार्फत सभापति, महामन्त्री र कोषाध्यक्षको चयन गर्ने व्यवस्था छ । यस्तै मस्यौदामा सम्पूर्ण पदाधिकारीसँगै अनुशासन समिति, कार्यसम्पादन समिति, लेखासमितिका लागि पनि समेत निर्वाचन गर्ने सुझाव उल्लेख छ । 

विधानको एकीकृत प्रारम्भिक मस्यौदामा आठ वटै तहमा सभापतिका निकटतम् प्रतिद्वन्द्वीलाई कार्यसमितिमा उपसभापति बनाउने प्रस्तावपनि गरिएको छ । ‘‘आठ वटै तहमा सभापतिसँग पराजित निकटतम् प्रतिद्वन्द्वीलाई अब उपसभापति नै बनाउने गरि विधानमा व्यवस्था गर्ने भन्ने कुरापनि आएको छ । यसले पावर शेयरिङ हुन्छ । आपसी द्वन्द्व घटेर जान्छ भन्ने छ,’’ प्रारम्भिक मस्यौदालाई एकीकृत गर्ने जिम्मेवारी पाएका एक नेताले भने, ‘‘फेरि यसको नेगेटिभ कुरापनि आएको छ, उपसभापति बनाए सभापतिले कहिल्यै काम गर्न सक्दैन भन्ने पनि छ । उपसभापति सधै असहयोग गरेर सभापतिलाई विफल बनाउन केन्द्रीत हुन्छ भन्ने पनि छ ।’’ 

उनका अनुसार मस्यौदमा सबै तहमा एकल संक्रमणिय निर्वाचन प्रणालीमा जाने प्रस्ताव पनि गरिएको छ । एकल संक्रमणिय निर्वाचन प्रणालीमा जाँदा अल्पमतमा रहेको समूहपनि चुनाव जितेर कार्यसमितिमा आउने र बहुमतिय प्रणाली जस्तो पराजित भएर एउटा समूह पूरै बाहिरिने सम्भावना नरहने भएकाले यस्तो प्रस्ताव गरिएको ती नेताको भनाइ छ ।  

कांग्रेसको एकीकृत प्रारम्भिक मस्यौदामा केन्द्रीय कार्यसमितिको आकारका लागिपनि तीन वटा विकल्प समेटिएका छन् । मस्यौदामा १० जना पदाधिकारीसहित १०१, १२१ र १३१ सदस्यीय केन्द्रीय कार्यसमितिको प्रस्ताव गरिएको नेताहरुले बताएका छन् । कांग्रेसमा अहिले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति छ । 

प्रारम्भिक मस्यौदामा बुथ/मतदान केन्द्र कार्यसमिति, वडा कार्यसमिति, नगर÷गाउँ कार्यसमिति, प्रदेशसभा क्षेत्र स्तरीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्र स्तरीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गठन गरिने उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC