site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
युवाहरुमाझ लोकप्रिय इ–सिगरेट स्वास्थ्यका लागि ठूलो खतरा 
Sarbottam CementSarbottam Cement

एजेन्सी । इ–सिगरेट अर्थात इलेक्ट्रोनिक सिगरेट, एउटा इ–जुस नामक तरल पदार्थ तातो भएपछि काम गर्छ जसमा विभिन्न फ्लेबरसहित प्रोपिलिन, ग्लाइकोल, ग्लिसिरिन र अधिकांशमा निकोटिन पनि राखिएको छ । तर निकोटिन जस्तो हानिकारक पदार्थ भएपनि पछिल्लो समय युवाहरु यसप्रति अत्यन्तै आकर्षित भइरहेको पाइएको छ । 

चुरोट सेवनको दर त घटिरहेको छ तर अर्कोतिर १२ वर्षकालाई समेत इ–सिगरेटको लत लागिरहेको पाइएपछि यस विषयमा स्वास्थ्यविद्हरुले गम्भीर चिन्ता व्यक्त गरेको सीएनएनले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हेर्दा सामान्य युएसबी र पेनड्राइभ जस्तो देखिने यो वस्तुलाई लुकाउन पनि अत्यन्तै सजिलो हुने गर्दा धेरैले बिना डर र बिना अनुमति सजिलै यसको प्रयोग गर्ने गरेकाले नै यसको लोकप्रियता बढ्दै गइरहेको बताइएको हो । तर हालै गरिएका विभिन्न अनुसन्धानपछि भने यसले प्राचीन समयको चुरोट जस्तैगरी स्वास्थ्यमा ठूलो असर पुर्याउन सक्ने पत्ता लागेको छ । निकोटिनको लत लाग्ने समस्याकै कारण यसले शरीरलाई गम्भीर क्षति गर्ने गरेको बताइएको छ । पेडियाट्रिक्सको जोर्नालमा पेश गरिएको अध्ययन अनुसार इ–सिगरेट मार्फत धुँवा लिएका १६ वर्षे युवाको पिशाबमा क्यान्सर पैदा गर्न सक्ने पाँच हानिकारक तत्व भेटिएको थियो । 

यसबारे जर्नेल सर्जन, डाक्टर जेरोमी एडम्स भन्छन्, “कुनै युवाले पनि कहिल्यै इ–सिगरेटको प्रयोग गर्नुहुँदैन । हामीले यसभित्र हुने केमिकलका खतराबारे सबैलाई स्पष्ट जानकारी दिनुपर्छ । यस्ता तत्व भित्र लिँदा फोक्सोमा ठूलो क्षति पुग्ने गर्दछ भने अरु गम्भीर समस्या निम्त्याउने खतरा पनि रहेको छ ।”

Global Ime bank

यसैकारणले अमेरिकी खाद्य एवम् औषधि विभागले मंगलबार मात्र यसको नोक्सानदायक पक्षबारे प्रचार गर्न ठूलो शैक्षिक अभियान सुरु गर्ने घोषणा गरेको छ ।  अमेरिकामा मात्र १ करोड भन्दा बढी युवाहरु यसको लतमा परिसकेको हुँदा ठूलो जखिममा रहेकाले युट्युब, फेसबुक जस्ता अत्याधिक प्रयोग हुने सामाजिक संजालहरुमा यसका नकारात्मक असरबारे प्रचार गरिने बताइएको छ । 

यसका साथै अमेरिकाका १० हजार स्कुलका शौचालयमा पनि यस विरुद्ध प्रभावकारी पोस्टरहरु टाँसिने बताइएको हो । चुरोट निपिउने भएपनि ८० प्रतिशत युवाहरुले इ–सिगरेटको सेवनलाई भने सामान्य मान्ने प्रवृत्ति बढ्दै गइरहेको छ ।  त्यसैगरी अमेरिकी खाद्य विभागले यसका उत्पादकहरुलाई पनि युवाको हात पर्न नदिन चेतावनी दिइसकेको छ । उनीहरुले यसलाई जथाभावि विक्री गरेको फेला पारिएमा कडा कारबाहीको सामना गर्नुपर्ने बताइएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC