site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला पन्तको घाँटी अठ्याएर हत्या, अनुसन्धान शून्यबाटै सुरु
Ghorahi CementGhorahi Cement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घाँटी अठ्याएर भएको हुन सक्ने प्रारम्भिक रिपोर्टले देखाएको छ । प्रहरीले नै हत्याका प्रमाण नष्ट गरिदिएपछि अहिले शून्यदेखि नै अनुसन्धान जारी रहेको छ ।
अहिले काठमाडौंबाट खटिएको टोली र कञ्चनपुर प्रहरीले संयुक्त रुपमा अनुसन्धान जारी राखेका छन् ।

हत्या भएको दुईमहिना बित्न लाग्दासमेत अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार निर्मलाको हत्या घाँटी थिचेर भएको हुन सक्ने देखिएको छ । सेती अञ्चल अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या भएको उल्लेख गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

त्यसबाहेक उनको शरीरमा कुनै पनि चोटपटक भने लागेको थिएन । प्रहरीले प्रमाण नष्ट गरेपछि अहिले अनुसन्धानमा थप जटिलता उत्पन्न भएको हो । निर्मला हत्या  अनुसन्धानमा लापरवाही गरेको भन्दै थप पाँचजना प्रहरी निलम्बनमा परेका छन् । 
गृह मन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनको आधारमा उनीहरुले कर्तव्य निर्वाह गर्न नसकेको भन्दै निलम्बन गरिएको जनाएको छ ।

Agni Group

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डीएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डीएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्स्पेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामीलाई निलम्बन गरिएको हो ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई यसअघि नै निलम्बन गरिसकिएको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला ११ गते बिहान उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन । बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेपछि हत्या र बलात्कारमा संलग्न को थिए अझै खुल्न सकेको छैन । यसअघि भदौ ४ गते कञ्चनपुर प्रहरी र सीआईबीका तत्कालीन डीएसपी अंगुर जिसीको टोलीले दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेपनि उनको संग्लनता पुष्टि हुन सकेन । 
निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमूना परीक्षण गर्दा शुक्रकिटको अवशेष भेटिएको थियो । त्यसैका आधारमा गरिएको डीएनए परीक्षण नमिलेपछि सिंहलाई रिहा गरिएको थियो । प्रहरीले नक्कली अभियुक्त बनाएर दिलिपलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । आन्दोलन दबाउन प्रहरीले गोली प्रहार गर्दा एक जनाको ज्यान गयो भने एक दर्जन बढी घाइते भए ।

Global Ime bank

तत्कालीन एसपी विष्टले निर्मलाका बुवा यज्ञराज पन्तलाई छोरीको शव नउठाए आफूले गोली चलाउने चेतावनी यसअघि नै दिएका थिए । प्रदर्शनकारीले दोषीलाई बचाउन निर्दोष दिलिपसिंह विष्टलाई पक्राउ गरिएको भन्दै आन्दोलन चर्काएपछि प्रहरीले गोली हानेको थियो ।
नेपाल प्रहरीको इतिहासकै कालो दागका रुपमा चिनिएको कञ्चनपुर हत्याकान्डको अनुसन्धानमा निलम्बनमा परेका प्रहरी अधिकृतको भूमिका के थियो त ? उनीहरु निलम्बनमा पर्नु पछाडिका कारण के–के थिए ? 

एसपी विष्टको भूमिका सुरुदेखि नै शंकास्पद

निर्मला हत्याकान्डमा एसपी विष्टको भूमिका भने सुरुदेखि नै शंकास्पद थियो । निर्मलाकी साथी रोशनीको घरमा खोजतलास नगर्नु, उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान नगर्नु, उल्टै निर्मलाका आमाबुवालाई शव नउठाए गोली हानिदिन्छु भन्ने धम्की दिनुले उनीमाथी नागरिकको विश्वास टुट्दै गएको थियो । 

एसपी विष्टले पीडित परिवारसँग गरेको पटक–पटकको व्यवहार प्रहरीको व्यवसायिकताभन्दा फरक रहेको एकजना पूर्वप्रहरी अधिकृत बताउँछन् ।

निर्मलाका आमाबुवाले निर्मला हत्याको बारेमा एसपी विष्टलाई सबै जानकारी भएको आरोप लगाउँदै आएका छन् । घटनाकै दिनमा प्रहरी परिचालन नगर्नु, त्यसपछि पनि बम दिदीबहिनीलाई पक्राउ गर्नुको साटो उनीहरु निर्दोष छन् भन्दै हिँड्नुले उनी घटनाप्रति जिम्मेवार नभएको बुझ्न सकिन्थ्यो । त्यसपछि पनि नक्कली अभियुक्त खडा गर्ने कार्यमा उनकै भूमिका रहेको स्थानीय बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC