site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानमन्त्री ओली–अमेरिकी राष्ट्रपति ट्रम्प भेट हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेटवार्ता गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी हुने क्रममा ओलीले अमेरिकाको न्यूयोर्कमा अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त भेटवार्ता गर्ने भएका हुन् । 

सोमबार (असोज ८ गते) राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्ने सबै विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति ट्रम्पले रात्रि भोजको आयोजना गर्नेछन् । सोही रात्रिभोजमा सहभागी हुनेक्रममा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच संक्षिप्त भेटवार्ता हुने तय भएको छ । भेटवार्तापछि प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्प दम्पतीबीच सामूहिक तस्बिर लिने कार्यक्रम छ । भेट बढीमा दुई मिनेटको हुने परराष्ट्र स्रोतले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“असोज ८ गते साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी श्रीमतीद्वारा आयोजना गरिने रात्रि भोजमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी श्रीमती राधिका शाक्य सहभागी हुनुहुनेछ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रसंघको महासभाका बेला अमेरिकी राष्ट्रपतिले न्यूयोर्कमा आयोजना गर्ने रात्रिभोजमा अमेरिकासँग सम्बन्ध बिग्रेका र तानाशाहहरुलाई निम्तो दिइँदैन । तत्कालिन राजा ज्ञानेन्द्रले उक्त भोजमा सहभागी हुने निमन्त्रणा अमेरिकी राष्ट्रपतिबाट नपाएपछि राष्ट्रसंघको महासभा सहभागी हुने आफ्नो कार्यक्रम नै रद्द गरेका थिए । 

Global Ime bank

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा उनले स्वीट्जरल्याण्डका राष्ट्रपति एलियन बेरसेट र कम्बोडियाका प्रधानमन्त्री समदेचसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली करिब दुई दर्जन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC