site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कसको आदेशमा पखालियो निर्मलाको कपडा ? एसपी विष्टसहित निलम्बित प्रहरीको पोलिग्राफ परीक्षण
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्मला पन्त हत्याकाण्डमा प्रहरीले प्रमाण नष्ट गरेको आरोप खेपेपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण सुरु भएको छ । शव भेटिएको स्थानमा एक महिला प्रहरीले निर्मलाको कपडा (सुरुवाल) धोएको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको पोलीग्राफ परीक्षण सुरु गरेको हो । 

एआईजी धिरु बस्न्यात नेतृत्वको टोलीको निर्देशनमा शुक्रबार निर्मलाको सुरुवाल धुने महिला प्रहरी जवान चाँदनी साउदको पोलीग्राफ परीक्षण गरिएको छ । त्यसअघि चाँदनीले आफूले कसैको निर्देशनमा कपडा नपखालेको र पानीमा भिजेको–फोहोर भएकाले पखालेको बयान दिएको प्रहरी स्रोत बताउँछ । साउन १० गते हराएकी भीमदत्तनगर २ महुलीयाकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्का र त्यसपछि डिएसपी ज्ञानबहादुर सेठीको टोली पुगेको थियो । खड्काकै अघि सादा पोशाकमा रहेकी महिला प्रहरी चाँदनीले निर्मलाको शरीरमा रहेको सुरुवाल झिकेर पखालेकी थिइन् । त्यो सुरुवाल पानीमा पखाल्दा त्यसमा रहेको प्रमाण नष्ट भएको आरोप लाग्दै आएको छ । 

Agni Group

प्रहरीले जुनसुकै घटनामा पनि पहिले प्रमाण सुरक्षित गर्नुपर्ने हुन्छ । तर, निर्मला हत्या प्रकरणमा प्रहरीले घटनास्थल शिल गर्नेलगायतका काम नगरेको आरोप छ । अनुसन्धानमा संलग्न अन्य प्रहरी अधिकारीले पनि बयानमा घटनास्थलमा कमजोरी भएको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । यस्तै तत्कालीन कञ्ज्ञचनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठीलगायत निलम्बनमा परेका सबै प्रहरी अधिकारीको पोलिग्राफ परीक्षणको तयारी भएको प्रहरी स्रोतको भनाइ छ । 

के हो पोलिग्राफ परीक्षण ? 
कुनै घटनामा अभियुक्तले बयानमा झुटो बोलेको शंका लागेमा प्रहरीले प्रविधिबाट गर्ने एउटा परीक्षण हो, पोलिग्राफ । प्रहरीमा  अनुसन्धानका क्रममा यसलाई भरपर्दो विधि मानिँदै आएको छ । साँचो वा झुटो पत्ता लगाउने वैज्ञानिक तवरको परीक्षण विधिलाई पोलिग्राफ परीक्षण भनिन्छ । नेपालमा प्रहरीले पहिलोपटक २०७० माघ २३ गतेबाट पोलिग्राफ परीक्षण गर्न सुरु गरेको हो । पोलिग्राफ नामक मेसिनले शरीरका विभिन्न अंगहरुको प्रतिक्रियाका आधारमा झुटो बोलेको पत्ता लगाउने गर्दछ । \\

Global Ime bank

एक प्रहरी अधिकारीका अनुसार पोलिग्राफ मेसिनले मुटुको चाल, रक्तचाप, श्वासप्रश्वास र पसिना ग्रन्थीलगायत रेकर्ड गर्छ । शरीरका तिनै अंगका प्रतिक्रियाका आधारमा पोलिग्राफ भइरहेको व्यक्तिले सही बोलिरहेको छ वा झुटो भन्ने पत्ता लाग्न सक्छ । यसअघिका विभिन्न घटनामा पनि पोलिग्राफ परीक्षणको सहायता लिइएको छ । निर्मला हत्याकाण्डमा पनि पोलिग्राफ परीक्षणको चर्चा हुँदै आएको थियो । तर, पहिलो निशानामा भने प्रहरी नै परेका छन् । प्रहरी स्रोतले भन्यो, ‘‘आइतबारसम्म कञ्चनपुर घटनामा निलम्बित प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण हुने सम्भावना छ ।’’ पोलिग्राफ परीक्षणको रिपोर्ट १–२ दिनमै आउने गरेको छ । 

जफत भएका मोबाइल र सिमकार्ड फिर्ता
निर्मला हत्याकाण्डको अनुसन्धानमा विभिन्न तहबाट संलग्न प्रहरी अधिकारीको जफत गरिएका मोबाइल र सिमकार्ड फिर्ता गरिएको छ । शुक्रबार साँझ १९ जनाकै मोबाइल र सिम फिर्ता गरिएको हो । घटनामा प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान गरिरहेको एआईजी धिरु बस्न्यातको टोलीले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित १९ जनाको मोबाइल जफत गरेको थियो । ‘‘प्रहरी अधिकारी र अन्य प्रहरीको मोबाइल कनेक्सनको अध्ययन, उनीहरुले केही डाटा मेटाएको भए त्यसको ‘रिकभर’ गर्ने र कल डिटेलका लागि मोबाइल र सिमकार्ड जफत गरिएको हो, अहिले फिर्ता गरिसकेका छौं,’’ एक प्रहरी अधिकृतले भने । 

सूचना भए सिधै मलाई कल गर्नुस् : एआईजी बस्न्यात
अनुसन्धानका पाटामा खुल्न नचाहे पनि घटनाको अनुसन्धान गरिरहेका एआईजी बस्न्यातले आफूहरु गम्भीरतापूर्वक छानबिनमा लागेको बताए । निर्मलाको न्यायको निम्ति अपराधीको पहिचान गर्न नागरिककै सहयोग आवश्यक रहेको बताउँदै उनले घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘‘निर्मला हत्याकाण्डबारज्ञे प्रमाणमुखी, वस्तुनिष्ठ सूचना कसैसँग भए सिधै मेरो मोबाइल नम्बर ९८५१०१६००८ मा खबर गर्न सक्नुहुन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष पनि सूचना दिन सक्नुहुनेछ ।’’

विभिन्न तहबाट घटनाको अनुसन्धान भइरहेको बताउँदै उनले निर्मलाका हत्यारा कानुनको हातबाट उम्कन नसक्ने दाबी गरे । ‘‘अपराधी पनि समाजमै छ, देख्नेहरु पनि समाजमै छन् । त्यसैले समाजका हरेक नागरिक अपराध र अपराधीविरुद्ध एकजुट हुनैपर्छ,’’ एआईजी बस्न्यातले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC