site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डीभी आवेदन असोज १७ गते खुल्ने, नियममा हेरफेर
Ghorahi CementGhorahi Cement

काठमाडौं । सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता अक्टोबर ३, २०१८ (२०७५ असोज १७) बाट सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासद्वारा बुधबार जारी वक्तव्यमा  नोभेम्बर ६, २०१८ (२०७५ कात्तिक २०) सम्म आवेदन गर्न सकिने जनाइएको छ ।

दूतावासले जारी गरेको वक्तव्यमा आवेदन भर्न कन्सल्टेन्टको आवश्यकता नपर्ने जनाउँदै भनिएको छ, ‘‘अमेरिकी दूतावास तपाईंहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं स्वयम् जिम्मेवार रहनुहुनेछ।’’

Agni Group

फारम अनलाइन भर्नुपर्ने र पारिवारिक विवरण खुलाउनुपर्ने जनाउँदै दर्ता गर्दा आफ्ना पति वा पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य रहेको र उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने जनाइएको छ ।

२०२० को डाइभर्सिटी भिसा कार्यक्रमका हकमा एक नयाँ नीतिगत परिवर्तन गरिएको जनाउँदै दूतावासले मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अबदेखि अयोग्य ठहरिने उल्लेख गरेको छ ।

Global Ime bank

यसैगरी एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिने समेत वक्तव्यमा उल्लेख छ  । 

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा पनि अयोग्य ठहरिने जनाउँदै दूतावासले फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्ने र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नुपर्ने जनाइएको छ । फोटो खिच्दा आवेदकहरूले चश्मा वा टोपी लगाउनु नहुने समेत वक्तव्यमा उल्लेख छ ।

यसको नतिजा २०७६ वैशाख २४ मा  आफ्नो कन्फर्मेसन नम्बरमार्फत हेर्न सकिने दूतावासले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC