site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक ऋणात्मक देखिएको छ । साताको पहिलो दिनदेखि नै कारोबार रकम उच्च रहँदै सुधार देखिएको सेयर बजारमा बुधबार भने कारोबार रकम उच्च भए पनि घटेको हो ।
नेप्सेमा तीन दिनपछि गिरावट आउने क्रममा सेयर बजार बुधबार तीव्र उतारचढावपछि २ दशमलव ३१ अंकले घटेर १ हजार २ सय ७७ दशमलव ७४ अंकमा अडिएको हो ।
नेप्से घटेपनि यसदिन उच्च कारोबार हुने क्रमले निरन्तरता पायो । मंगलबार १ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा यसदिन ९१ करोड ४६ लाख ५६ हजार ८ सय ८४ रुपैयाँको सेयर किनबेच भयो । सोक्रममा बजारमा १७१ कम्पनीका ४५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भए ।
अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्न खोज्दा परिसूचक घटेको जानकारहरुले बताएका छन् । छोटा समयमा नाफा कमाएका लगानीकर्ता सेयर बिक्री गर्न हतार गरेकाले केहीदिन उच्च अंकले बढेको बजारमा करेक्सन आएको उनीहरुको दावी छ ।
नेप्से घट्दा यसदिन कारोबारमा आएका जीवन बीमा र अन्यबाहेक सबै उपसूचकमा गिरावट आए । तीमध्ये निर्जीवन बीमा समूह सर्वाधिक २४.२७ अंकले ओरालो लाग्यो । बुधबार सबैभन्दा बढी कुमारी बैंकको ६ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भयो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC