site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बुटवल, रासस । लालटिन कृषि सहकारी संस्थाले आजदेखि बुटवलमा उपभोक्ता पसल सञ्चालन गरेको छ । 

सहकारीले सञ्चालन गरेका उपभोक्ता पसल बन्द भइरहेको अवस्थामा आफ्ना शेयर सदस्यलाई समेत लक्षित गरी उपभोक्ता पसल सञ्चालन भएको अध्यक्ष गङ्गालाल सापकोटाले जानकारी दिए । उनले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन हुने र आफ्नै भवनबाट कृृषि उपजको प्रशोधन र प्याकेजिङ गर्ने लक्ष्य भएको बताए । सो उपभोक्ता पसल रु एक करोडको लागतमा सञ्चालन हुन लागेको हो । झण्डै एक हजार ८०० सदस्य रहेको सहकारीको उपभोक्ता पसल बुटवल ११ स्थित देवीनगरमा पर्छ । 

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक तथा जिल्ला सहकारी सङ्घका अध्यक्ष भीम तुलाचनले यस्ता खाले उपभोक्ता पसल विस्तारको तयारी भएको उल्लेख गर्दै कृषिलाई प्राथमिकमा राख्ने विषय प्रशंसनीय भएको बताए । 
पूर्व सांसद विनोद पहाडीले सहकारीको मूल्य र मान्यताअनुसार संस्था अघि बढनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रमा काम गरिरहेको सहकारीले सहकारीको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताए । 
सहकारीले आगामी कार्यक्रमका रुपमा कृषि तथा पशुपक्षी बीमा र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बताएको छ । रुपन्देहीका विभिन्न प्रकारका ७८७ सहकारी दर्ता भएका छन् जहाँ रु १९ अर्ब लगानी भएको छ, भने एक हजार ७०० जना प्रत्यक्ष रोजगारीमा संलग्न छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC