काठमाडौं । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालिले ‘अष्ट्रेलियन एजुकेशन फेयर २०१८’ गर्ने भएको छ । असोज १३ गते हुने फेयरमा अष्ट्रेलियाका २० भन्दा बढी प्रतिष्ठित युनिभर्सिटी तथा शैक्षिक संस्थाहरुले एकै ठाउँबाट आ–आफ्ना सेवा, त्यससम्बन्धी परामर्श र उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिने एक्सपर्ट नेपालका प्रवन्धक निर्देशक खेम संग्रौलाले बताए ।
एक्सपर्टले अष्ट्रेलिया अध्ययन गर्न चाहनेहरुका लागि विगत १५ वर्षदेखि हरेक वर्ष ३ देखि ४ वटा शैक्षिक मेलाहरु गर्दै आएको छ । अष्ट्रेलियन एजुकेशन फेयर २०१८ मा संस्थाका ‘ब्राण्ड एम्बेस्डर’ तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ । फेयर काठमाडौंको होटल रेडिसनमा हुनेछ ।
एक्सपर्ट इन्सिच्युट, नेपाल र अष्ट्रेलियाका विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने र शिक्षाका लागि सहयोग गर्ने सबैभन्दा ठूलो इन्स्टिच्युट रहेको आयोजकको दाबी छ ।