काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा सामसङ एन–सिरिज टेलिभिजन ल्याएको छ । यो सिरिजका टिभिमा नेपाली उपभोक्ताका आवश्यकता एवं चाहनालाई पूरा गर्ने विशेषता विद्यमान रहेको बताइएको छ ।
यो सिरिजमा एचडी, एफएचडी तथा यूएचडी ३२ देखि ७५ इन्चका टेलिभिजन रहेका छन् । साथै स्मार्ट र नन् स्मार्ट मोडलको विकल्प पनि प्रदान गरिएको छ ।
नेपालमा उपलब्ध २०१८ मोडेलको यूएचडी प्रिमियम सेग्मेन्ट तथा स्मार्ट कन्सर्न रेन्ज उपलब्ध रहेको छ । यूएचडी टिभिमा डाइनाकिमक क्रिस्टल कलर प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिको प्रयोगसँगै दर्शकले उच्चस्तरीय पिक्चर क्वालिटि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी स्मार्ट कन्सर्न मोडेलहरु एचडीआर प्रविधिद्वारा सुसज्जित रहेका छन् । यी टिभिका एन ५३०० र एन४३०० मोडेलमा विशेष साउन्ड सिस्टम रहेको छ ।