site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आफ्ना भावनाहरु कोकसँग साट्नुस् योजना सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ ।  यो योजनाको मुख्य आसय हजारौं सम्बन्धहरुको अनगिन्ति भावनासँग कोक जोडिएको छ भन्ने रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको कम्पनीले जनाएको छ ।  जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेका छन् । यो अभियानकोे मुख्य उद्देश्य हरेक व्यक्तिको जीवन र भावनालाई प्रभाव पार्ने अनन्य सम्बन्धहरुको याद राख्ने भएको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोकको बोतलमा हुने लेबललाई यो दसैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ ।  कोकाकोलाले साथीभाइ तथा परिवारलाई बर्षभरि र जुनसुकै उत्सवको समयमा विषेश रुपमा जोडिएर रहनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ । “केही वर्षअघि कोकोकोलाले आश्र्चयजनक रुपमा सार्वजनिक गरेको अनौठो विश्वव्यापी क्याम्पेन सेयर  अ कोकले मानिसहरुलाई आफ्ना प्रियजनहरुमा भावनात्मक सम्बन्ध बलियो बनाएको थियो,” जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना साथी, परिवार तथा प्रियजनहरुसँग बाँड्दा कोकको स्वाद अझै बढाउने तथा तिनीहरुमा सम्बन्धलाई एकसाथ राख्न मद्धत गर्दछ ।” 

गतवर्ष कोकाकोलाले ‘शेयर अ कोक’ क्याम्पेनको नेपाली भर्सन मन खोल्लौ कोकसँग जुन सम्बन्धमा केन्द्रित रहेको थियो, जसको भाव परिवारका सदस्यहरुलाई नजिक र सँगै लिएर आउने रहेको थियो । यो वर्ष अझ एक कदम अगाडि बढेर कोकाकोलाले आफ्ना ग्राहकहरुलाई आफ्नो मनपरेको व्यक्तिसँग भावना बाड्न प्रोत्साहन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

Global Ime bank

यस क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, “नेपालभरिका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले विनम्र तरिकाले गतवर्ष मन खोलौं कोकसँग ल्याएको थियो । हामी सम्बन्धहरुलाई विषेश प्राथमिकतामा राखी उत्सवको रुपमा मनाउँछौ त्यसका लागि योवर्ष हामी हाम्रा ग्राहकहरुलाई कोक र आफ्ना भावनाहरु आफ्ना मनपरेकाहरुसँग बाढ्नको लागि अभिप्रेरित गर्नेछाैं,” विज्ञप्तिमा भनिएको छ ।

बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, “म यो विषेश दसैं क्याम्पियन घोषणा गर्न पाउदा ज्यादै खुसी भएको छु । म यस्तो संस्थाको हिस्सा हुन पाउँदा सम्मानित र गौरवान्वित भएको छु, जसले आफ्ना कर्मचारी र ग्राहकहरुको विषेश हेरचाह गर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC