site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
वैदेशिक रोजगारीमा जानेले अाैषत मासिक ४४ हजार ३३३ पठाउँछन्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । विदेशमा कार्यरत एक नेपाली कामदारले  मासिक औसत ४४ हजार ३३३ रुपैयाँ पठाउने गरेको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको विप्रेषण (रेमिट्यान्स) प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति अध्ययनले वैदेशिक रोजगारीमा जाने एक जनाले औसत वार्षिक ५ लाख ३२ हजार रुपैयाँ पठाउने गरेको उल्लेख गरेको छ । विप्रेषण प्राप्त गर्ने घर परिवारको बचत तथा लगानी प्रवृत्तिलाई केन्द्रित गरी १६ जिल्लाका ३२० घरपरिवारलाई समेटी यो स्थलगत सर्वेक्षण अध्ययन गरिएको राष्ट्र बैंकले जनाएको छ । 
वैदेशिक रोजगारमा गएका बहुसंख्यकले औपचारिक माध्यमबाट तर भारत, कोरिया लगायत विकसित मुलुकमा गएकाले अनौपचारिक माध्यमबाट रकम पठाउने गरेको  राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनका अनुसार अध्ययनले ९०.९ प्रतिशत विप्रेषण रेमिट कम्पनी, बैंक तथा वित्तीय संस्था र ५.९ प्रतिशत हुण्डीमार्पmत् नेपाल भित्रिने गरेको अध्ययनले देखाएको छ । जसअनुसार वैदेशिक रोजगारीका गन्तव्य मुलुक मध्ये खाडीमा ५६.९, मलेसियामा २६.६, विकसित मुलुकतर्पm ८.१ र भारतमा ४.४ प्रतिशत नेपाली कामको खोजीमा जाने गरेको पाइएको उनले जानकारी दिए ।
स्थलगत सर्वेक्षणमा समेटिएका मध्ये ८०.८ प्रतिशत घरपरिवारको विप्रेषण बाहेक आयको अन्य स्रोतबाट खर्च धान्न नपुग्ने र १८.८ प्रतिशत घर परिवारले उपभोग खर्चका लागि विप्रेषण आयमा पूर्ण रूपमा भर पर्नुपर्ने देखिएबाट वैदेशिक रोजगारीले गरिबी न्यूनीकरणमा खेलेको महत्वपूर्ण भूमिका खेलेको देखाएको छ । विप्रेषणबाट प्राप्त आम्दानीले गरिबीको रेखामुनि रहेको जनसंख्याको अनुपात क्रमशः घट्दै गएको देखाएको थापाले बताए ।  उनका अनुसार विप्रेषणले नेपालमा शिक्षा–स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा सुधार आएको छ । जसअनुसार वैदेशिक रोजगारीमा गएका १८.८ प्रतिशत घरपरिवारको आम्दानी विप्रेषण मात्र रहेको पाइएको छ । गन्तव्य मुलुकको रोजगारीमा कुनै व्यवधान आएमा ती घरपरिवारको गरिबीको दर पनि बढ्ने देखिने प्रतिवेदनमा औंल्याइएको छ ।
यस्तै विप्रेषण आयको प्रयोग ऋण तिर्न २५.३, दैनिक उपयोगको लागि २३.९, शिक्षा, स्वास्थ्यमा ९.७, सामाजिक कार्यमा ३, उत्पादनमूलकमा १.१ र बाँकी २८ प्रतिशत रकम वचत हुने गरेको छ । नेपालले कामको खोजीमा जानको लागि ११० मुलुकहरू खुल्ला गरेको छ । १ हजार ३३ मेनपावर कम्पनीहरूले इजाजत लिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।  
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC