site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘लुट–२’ ‘फस्ट कट’ सकियो ट्रेलर र गीत तिहारमा सार्वजनिक (टिजरसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘लुट–२’को ‘फस्ट कट’ (पहिलो चरणको सम्पादन) सकिएको छ । छायांकन सकेर इडिटिङ रुममा रहेको चलचित्रको ‘फस्ट कट’ सकिएको ‘लुट–२’का निर्देशक निश्चल बस्नेतले जानकारी दिए । 
“‘लुट–२’को ‘फस्ट कट’ सकिएको छ । ‘फस्ट कट’ सकिदासम्म सबै राम्रो देखिएको छ,” बस्नेतले भने, “अहिलेसम्मको काम हेर्दा चलचित्र राम्रो बन्छ ।” ‘लुट–२’को ट्रेलर र गीत तिहारको आसपासमा सार्वजनिक गर्ने तयारी भइरहको बस्नेतले जानकारी दिए । उनले भने, “सम्भवत लक्ष्मीपूजाका दिन सार्वजनिक हुन्छ होला ।”
‘लुट–२’को छायांकन ४१ दिन लगाएर छायांकन गरिएको थियो । ‘लुट’को सिक्वेल भनिएको ‘लुट–२’मा ‘लुट’का पात्रहरुमा आएका सामजिक, सांस्कृतिक, राजनीतिक परिवर्तन समेटिएको छ । बस्नेतले पहिलेको भन्दा राम्रो प्रस्तुति दिने प्रयास गरिएको बताए ।  
सौगात मल्ल (हाकु)को समूहले बैंक लुटेर भागेपछि सकिने ‘लुट’ को त्यही विन्दुबाट ‘लुट–२’ को कथा सुरु हुने निश्चलले यसअघि नै बताइसेका छन् । 
‘लुट’को कथा सन् २०११÷०१२ को हो । समय अघि बढिसक्यो । अहिलेसम्म आइपुग्दा त्यो खालको चरित्रमा रमाउनेले के प्रगति गरे, उनीहरु बाहिर कसरी आए र बाहिर बस्नेले के–के गरिरहेका छन् भन्ने कुरा समेटिएको छ,” निर्देशक बस्नेतले भने, “त्यतिबेलादेखि अहिलेसम्म के गरे भन्दा पनि अहिले के गरिरहेका छन् भन्नेमा ‘लुट–२’ केन्द्रित छ ।”
लेखन तथा निर्देशन निश्चल बस्नेतको रहेको ‘लुट–२’मा सौगात मल्ल, दयाहांङ राई, कर्मा, रिचा शर्मा, विपिन कार्की लगायतका कलाकारको अभिनय छ । चलचित्रमा लगानी माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । चलचित्रले फागुन १३ गते रिलिज डेट लिएको छ ।  
‘लुट’ को सफलतापछि निश्चलले त्यसकै सिक्वेल निर्माण गरेका हुन् । ‘लुट’ नेपाली चलचित्र उद्योगमा पुरानो परम्परा भत्काएर नयाँ परम्परा सुरु गर्ने चलचित्र हो । ‘लुट’ को निर्माणपछि नेपाली चलचित्र मुल धार र फरक धार भनेर दुईधारमा विभिाजित भएका छन् ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC