खेल
काठमाडौं । भारत–पाकिस्तान तनावको असर विश्वकप कबड्डीमा प्रतियोगितामा पनि परेको छ ।
अन्तर्राष्ट्रिय कबड्डी फेडरेशन (आइकेएफ) ले भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण देखाउँदै भारतमा हुन गइरहेको विश्वकप कबड्डीमा पाकिस्तानलाई सहभागी हुनबाट प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ ।
आइकेएफले भारतमा हुने प्रतियोगीतामा बर्तमान समयामा पाकिस्तानले सहभागिता जनाउन उपयुक्त नभएको बताएको छ । दुइसातासम्म चल्ने प्रतियोगिता शुक्रवारबाट सुरु हुँदैछ ।
प्रतियोगितामा आयोजक भारतसहित इरान, अमेरिका , अस्ट्रेलिया, दक्षिण कोरिया, इङल्याण्ड, पोल्याण्ड, केन्या तथा अर्जेन्टिनालगायतका टिमले सहभागीता जनाउनेछन्।
आइकेएफ प्रमुख देवराज चर्तुवेदीले भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण भारतमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुनबाट पाकिस्तानलाई निषेध गरेको बताएका छन् ।
यता पाकिस्तानी कबड्डी फेडेरेशनका अधिकारीले पाकिस्तानलाई प्रतियोगितामा सहभागी बन्नबाट वञ्चित गराइनु ब्राजिलबिनाको विश्वकप फुटबल जस्तै भएको संज्ञा दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७३ १०:०५
प्रतिक्रिया दिनुहोस्