site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘छक्का पञ्जा’ पछि सम्भावना बोकेका चलचित्र कुन–कुन हुन् ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । यो वर्ष ‘छक्का पञ्जा’ ले सर्वाधिक कलेक्शन गर्ने लगभग निश्चित प्रायः भएको छ । भदौ २४ गतेबाट प्रदर्शनमा आएको चलचित्रले अझै पनि राम्रो व्यापार गरिरहेको छ । 
यसअघि रिलिजमा आएका मिलन चाम्सको ‘वीर विक्रम’ र दिपेन्द्र के खनालको ‘चपली हाइट–२’ ले पनि राम्रै कलेक्शन गरेका थिए । यही २१ गते प्रदर्शनमा आउने छविराज प्रोडक्शनको ऋषि लामिछाने निर्देशित ‘किस्मत–२’ र राजु अधिकारीको ‘सुब्बा साब’ ले कस्तो व्यापार गर्छ या छक्का पञ्जाले नै यि दुई चलचित्रलाई पनि ओझेलमा पार्ने हो ? त्यो त हेर्न बाँकी नै छ । तर, यसपछि रिलिज हुने दर्शकको मन जित्ने सम्भावना बोकेका चलचित्र कुन–कुन हुन् ?    
रामबाबु गुरुङको ‘पुरानो डुङ्गा’, निश्चल बस्नेतको ‘लुट–२’, प्रदीप भट्टराईको ‘जात्रा’, देबकुमार श्रेष्ठको ‘लाल्टिन’, दिपेन्द्र लामाको ‘घामपानी’ र दिपेन्द्र के खनालको ‘लब लब लब’ सम्भावनाको नजरले हेरिएका चलचित्र हुन् । खनालको ‘लब लब लब’ भने वैशाख एक गते रिलिज डेट लिएको चलचित्र हो । 
रामबाबु गुरुङको ‘पुरानो डुङ्गा’ को ‘निर जहिले रिसाउने’ गीत हिट भइसकेको छ भने गुरुङले निर्माण गरेको डार्क कमेडी ‘कबड्डी’ र यसको सिक्वेल ‘कबड्डी कबड्डी’ लोकप्रिय चलचित्र हुन् । त्यसैले पनि उनले निर्माण गरेको ‘पुरानो डुङ्गा’ ले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । यसमा गुरुङले रिस्मा गुरुङ र दयाहाङ राईको जोडी छुटाइदिएका छन् । दयाहाङले यो चलचित्रमा अहिलेकी स्टारडम नायिका प्रियंका कार्कीसँग स्क्रिन रोमान्स गर्दैछन् । ‘पुरानो डुङ्गा’ ले मंसिर १० गतेको रिलिज डेट लिएको छ । 
निश्चल बस्नेतको ‘लुट–२’, पनि बहुप्रतिक्षित सिनेमा हो । ‘लुट’ निर्माण गरेर नेपाली सिने उद्योगमा नयाँ ट्रेन्ड नै खडा गरेका निश्चलको नयाँ चलचित्र ‘लुट–२’ ले पनि दर्शकलाई हलसम्म तान्ने निश्चित छ । उनले आफूले अघिल्लो सिनेमामा देखिएका गल्तिसमेत नदोहोर्याएको बताएका छन् । दयाहाङ र सौगात मल्ल यो चलचित्रका आकर्षण हुन् । पुरानै युनिटलाई लिएर बनेको ‘लुट–२’ ले फागुन १३ गतेका लागि प्रदर्शनको मिति लिएको छ । 
प्रदीप भट्टराईको ‘जात्रा’ पनि आशाको नजरले हेरिएको अर्को चलचित्र हो । विपिन कार्की, रविन्द्रसिंह बानिया, वर्षा राउत लगायतका चलचित्रकर्मीले अभिनय गरेको चलचित्र न्युरोडका व्यापारिबीचको द्वन्द्वको कथा समेटिएको चलचित्र हो । ‘जात्रा’ लाई निर्देशक भट्टराईले विपिन कार्की चलचित्र ‘पशुपतिप्रसाद’ का भस्मे र रविन्द्रसिंह बानिया ‘पशुपतिप्रसाद’ कै हनुमान जी को काँधमा राखिदिएका छन् । ‘जात्रा’ले कात्तिक १९ गतेको रिलिज डेट लिएको छ । 
देबकुमार श्रेष्ठको ‘लाल्टिन’, पनि यो वर्ष अपेक्षा गरिएको अर्को चलचित्र हो । दयाहाङ राई र प्रियंका कार्कीको स्क्रिन जोडी रहेको चलचित्रमा आस्था राउतको बजार तताउने फरक शैलीको गीत छ । ‘लाल्टिन’  चैत १८ गते प्रदर्शन हुँदैछ । 
दिपेन्द्र लामाको ‘घामपानी’ ले पनि दर्शकको ध्यान आफूतर्फ खिच्ने पूर्वानुमान गरिएको छ । यो चलचित्रमा दयाहाङ राई र केकी अधिकारी स्क्रिन जोडी देखिनेछ । 
दिपेन्द्र के खनालको ‘लब लब लब’ पनि सम्भावना बोकेको अर्को चलचित्र हो । नेपाली कथानक चलचित्र ‘लभ लभ लभ’ ले विसं २०७४ को पहिलो दिन वैशाख १ गतेलाई रिलिज डेट लिएको चलचित्र हो । ‘पशुपतिप्रसाद’ का निर्देशक दिपेन्द्र के खानल निर्देशित चलचित्र ‘लभ लभ लभ’ मा स्वस्तिमा खड्का, सुरज पाण्डे लगायतका कलाकारले अभिनय गरेका छन् । 
 
 
 
  
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७३  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC