site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘यसपटक १३ गीत गाएर पनि म अल्छी भएँ’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
नरेश फुयाँल
 
काठमाडाैं । पशुपति शर्मा आफू मात्र गीत गाउँदैनन् अरुका लागि पनि गीत तयार गरिदिन्छन् । उनी आफू मात्रै राम्रा गीत गाउँदैनन् अरुका लागि पनि उत्तिकै सम्भावना बोकेका गीत तयार पारिदिन्छन् । त्यसैले पनि होला उनले निकै कम गीत गाएका छन् । उनका समकालिनहरुले हजारको नजिक गीत गाउँदा उनका गीतको संख्या भने दर्जनमै सिमित छन् । 
 
प्रसंग हो, तिजको । विशेषतः हिन्दु महिलाहरुले मनाउने हरितालिका तिजको अवसर पारेर व्यवसायिक रुपमा गीत गाउने चलन पछिल्लो एक दशक यता ह्वात्तै बढेको छ । मुख्यतः लोकदोहोरी गायक गायिकाले घरपरिवार, मायाँ प्रेम, राजनीति, समाजका विकृति र विसंगतिविरुद्ध लक्षित गर्दै तिजका गीत गाउदै आएका छन् ।    
 
यस्तै विषयबस्तुमा आधारित रहेर पशुपति शर्माले यो पटकको तिजमा आफै एल्बम निकाल्नेभन्दा पनि अरुका लागि गीत तयार पारिदिएका छन् । 
 
पशुपतिले यो तिजमा १३ वटा एल्बममा तिज गीत तयार पारिदिएका छन् । उनका गीत गाउनेमा नयाँ देखि समकालीन र अग्रज गायिका पनि छन् । “म यो तिजमा अलि अल्छि भएँ आफूभन्दा पनि अरुकै लागि गीत तयार गर्नतर्फ लागें”, शर्माले भने,“मैले यो पटक नयाँ देखि समकालीन र पुराना अग्रज गायिकाका लागि गीत बनाइदिएको छु ।” 
 
१३ जनाको १३ वटा एल्बममा उनले पनि गायिका सँगै गीत गाएका छन् । बेली मायाँ गोरखाली, जमुना सनम, पार्वती बिसि, अनिता चलाउनेलगायतका लागि उनले गीत तयार पारिदिएका छन् । 
 
“सकेसम्म म कमै गीतमा आफ्नो स्वर दिउँ भन्छु तर तपाईंले लेखेको र लय शंकलन गरेको गीतमा तपाईंको पनि स्वर चाहिन्छ भनेर भन्नुहुन्छ,” शर्माले भने, “त्यसैले सबै गीतमा मेरो पनि स्वर छ ।” 
पशुपति शर्मा पछिल्लो समय आफै पनि भिडियोमा अभिनय गर्छन् । सुरुमा वाध्यताले म्युजिक भिडियोमा देखिने गरेका शर्मा पछिल्ला दिनमा उनले बनाएका धेरैजसो गीतमा अभिनय नै गर्छन् । तिज गीतमा पनि यसले निरन्तरता पायो ।  
 
यसो हुनुमा पनि वाध्यता रहेको छ रे ! शर्मा भन्छन्, “म भिडियोमा काम गर्दिन भन्छु, दाई आफैले गर्नुपर्छ भन्नुहुन्छ । मैले न्याय गर्न सक्दिन अरुले नै गर्नुपर्छ भन्दा पनि मान्नु हुन्न । १३ वटा गीतमा पाँच वटामा म आफैलाई अभिनय गराउनु भएको छ ।”
 
 

अहिले शर्मा गीत संगीतले समकालीन कला, साहित्य र संस्कृतिलाई समेट्नु पर्छ र  मर्यादित हुनुपर्छ भन्छन् । तर केही वर्षसम्म उनका गीतलाई समाजमा विश्रृंखलता भित्राएको आरोप लाग्थ्यो । उनका केही गीतमाथि प्रतिबन्ध नै लगाइयो । आफ्ना गीत माथि यस्तो टिप्पणी लाग्ने गरेकोप्रति उनी सचेत छन् तर, स्वीकार्न भने तयार छैनन् । आफूले चेतना फैल्याउने उद्धेश्यले गीत तयार गरे पनि त्यसलाई उल्टो बुझेकाले समस्या भएको उनी बताउँछन् ।  
 
पछिल्ला दुई तीन वर्ष यता उनका गीत माथि असभ्य र अशिष्ट भएको आरोप लाग्न छोडेको छ भने उनी स्वयम समाजले पचाउन सक्ने गीत मात्रै गाउनु पर्ने आवाज उठाउन थालेका छन् । शर्मा भन्छन्, “गीतले समाज बोल्नुपर्छ, तीजका गीतमा पनि त्यही हो । मनको पिर, व्यथा र वेदनासँगै राजनीतिक विषयले पनि प्रवेश पाउन थालेको छ । सकारात्मक रुपमा प्रस्तुत गरेर त्यसलाई सकारात्मक रुपमै ग्रहण गर्नसके समाजको विकृति र विसंगती पनि कम भएर जान्छ ।”
   
शर्मा अहिले नेपालको चल्तिको लोक गायक हुन् । उनका दर्जनौं गीत लोकप्रिय छन् । अरुका गीत नगाउने उनलाई देश विदेशमा स्टेज शो गर्न भ्याई नभ्याई हुन्छ । दशैं तिहारमा हम्मेशी विदेशका कार्यक्रममा नजाने शर्माले धैर वर्ष यता भने नेपालमा तीज मनाएका छैनन् । 
 
शर्मा यो पटक पनि तीजको कार्यक्रममा नेपाल बाहिर जाँदैछन् । उनी यो पटक अष्ट्रेलिया, जापान, दुवै र कतार जाँदैछन् । “विदेशमा बस्ने नेपाली दाजु भाई तथा दिदी बहिनीले मायाँ गरेर बोलाउनु हुन्छ त्यही भएर म यो पटक पनि अष्ट्रेलिया, जापान, दुवै र कतार जाँदैछु ।”    
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC