site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । वैदेशिक रोजगारीमा ठूलो संख्यामा नेपाली विभिन्न मुलुकमा गए पनि प्रमुख गन्तव्य मुलुकसँग सरकारी तहबाट द्विपक्षीय श्रमसम्झौता हुन सकेको छैन ।
रोजगारीका लागि १ सय १० मुलुक खुला गरिए पनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रमसम्झौता भएको छ । जापान, दक्षिण कोरिया, बहराइन, कुवेत र इजरायलसँग सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, साउदी अरब, युएईसँग अझैसम्म न त श्रम सम्झौता हुन सकेको छ, न कामदार पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छ ।
द्विपक्षीय श्रम सम्झौता भएको मुलुकसँग कानुनी रूपमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौतासरह मानेर उजुरी दिन सकिन्छ । कामदारको गम्भीर मानवअधिकार हनन् भएको अवस्थामा अन्तर्राष्ट्रिय अदालतमा मुद्दासमेत हाल्न सकिन्छ ।
कुनै पनि मुलुकमा कामदार पठाउनुअघि सके द्विपक्षीय श्रम सम्झौता नभए कम्तीमा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर गरेर मात्रै रोजागारीका लागि मुलुक खुला गर्नुपर्नेमा जथाभावी मुलुक खुला गर्दा अहिले समस्या परेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ बताउँछन् । “सम्झौता भएको अवस्थामा सरकारी तहबाटै समस्या समाधानका लागि बाटो खुल्छ, तर सम्झौता नभएको अवस्थामा कामदार पठाउने यहाँको म्यानपावर र कामदार लिने विदेशी कम्पनीबीचमात्रै आपसी सहमतिमा समस्या समाधान गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा रोजगारदाताले कामदारको समस्या समाधानमा सहजै सहयोग गर्ने सम्भावना हुँदैन,” उनले भने । 
वैदेशिक रोजगार विभागले २०५२ सालदेखि तथ्यांक राख्न सुरु गरेपछि हालसम्म भारतबाहेक अन्य मुलुकमा ४० लाख ३७ हजार १३ जना वैदेशिक रोजगारमा गएका छन् । यसमध्ये पुरुष ३८ लाख ९७ हजार ७३ जना र महिला एक लाख ३९ हजार ९४० जना छन् । विभागबाट अनुमति नलिई भारत हुँदै अवैधानिक रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या पनि उल्लेख्य मात्रामा छ । उनीहरूको विवरण भने नेपाल सरकारसँग छैन ।
यो अवधिमा सबैभन्दा बढी मलेसियामा १० लाख ५३ हजार ९७, कतारमा आठ लाख ४२ हजार ६ सय ३७, साउदी अरबमा ६ लाख २७ हजार ५ सय १०, युएईमा ४ लाख १ हजार ४ सय ४७ र कुवेतमा १ लाख १ हजार १० जना वैदेशिक रोजगारीमा गएका छन् ।
अहिले सबैभन्दा बढी नेपाली कामदार जाने मुलुक मलेसियासँग द्विपक्षीय श्रम सम्झौता हुन नसकेकै कारण त्यहाँ कामदारले बढी समस्या भोग्नु परिरहेको छ । सम्झौता नभएकै कारण समयमा तलब नपाउने, कामदार जानेबित्तिकै उसको राहदानी खोसेर कम्पनीले राख्ने, कामदारको सेवासुविधा, बिमा, स्वास्थ्यलगायत समस्या देखिँदा सरकारी तहबाट समाधानका लागि अप्ठ्यारो पर्ने गरेको सरकारी अधिकारीको अनुभव छ ।
साउदी अरब, मलेसिया, ओमान, जोर्डन, लेबनानलगायत मुलुकसँग सम्झौताको तयारी भइरहेको तर मिति तय नभइसकेको श्रम तथा रोजगार मन्त्रालयले बताएको छ । साउदी अरब र मलेसियासँग सम्झौताको लागि पटकपटक पत्र आदानप्रदान भए पनि त्यसले मूर्त रूप पाउन सकेको छैन ।
गन्तव्य मुलुकसँग श्रम सम्झौता हुन सके रोजगारीका क्रममा कुनै समस्या उत्पन्न भए दुई देशकै बीचमा समन्वय भई कामदारको सेवासुविधाको सुनिश्चित गर्न सकिने अवस्था सिर्जना हुने ठानिएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC