site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जापान र युरोप पठाइदिने भन्दै भूकम्प पीडितसँग रकम असुली
Ghorahi CementGhorahi Cement

काठमाडौं ।
भूकम्पपीडितलाई जापान लैजाने भन्दै ठगी गर्ने एक जापानी नागरिकलाई महानगरीय अपराध महाशाखाको प्रहरीटोलीले असार ३ गते काठमाडौंबाट पक्राउ गर्यो ।
लाजिम्पाटका ५० वर्षीय वज्र गुरुङको सहयोगमा जापानी नागरिक हिरोसि मोरिकावाले जापानमा आफ्नो पासोना मल्टिनेसनल कम्पनी भएको भन्दै त्यसमा काम लगाइदिने आश्वासन दिएका थिए । उक्त कम्पनीमा जागिर लगाइदिने भन्दै गोरखाका जनकराज ढकाल सहित १२ जना युवाबाट ११ लाख ३० हजार रुपियाँ लिएर उनी फरार भए ।

विभिन्न प्रलोभनमा पारी मोटो रकम असुलेका उनी सम्पर्कमा नआएपछि पीडितहरू महानगरीय अपराध महाशाखामा उजुरीका लागि पुगे । महाशाखाले छानबिन गर्दा गुरुङकोे सहयोगमा हिरोसिले ठगी धन्दा चलाएको पुष्टि भयो ।

Agni Group

त्यसैगरी गत जेठ ३ गते महानगरीय अपराध महाशाखाको टोलीले भूकम्पपीडितका नाममा युरोप पठाइदिने भन्दै एक दर्जनभन्दा बढीबाट रकम असुल्ने युरो एन्ड सी लिंक एजुकेसन कन्सल्टेन्सी र फ्लाइ युरो कन्सल्टेन्सीका संचालकलाई पक्राउ गर्यो । कन्सलटेन्सीका संचालक रंजित कँडेलले १३ जनाभन्दा बढीलाई ठगी गरेको महाशाखाले जनाएको छ ।

त्यस्तै आफू अमेरिकी दूतावासको कर्मचारी भएको र भूकम्पपीडितको कोटामा अमेरिका लैजाने भन्दै ठगी गर्दै आएका काठमाडौंका सिद्धार्थ कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जेठ २८ गते काठमाडौंको मूलपानीबाट पक्राउ गर्यो ।
उनले आफू अमेरिकी दूतावासको कर्मचारी भएको र भित्रभित्रै मिलाएर अमेरिका लैजान कागजपत्र झिकाउन भन्दै प्रतिव्यक्ति ४ लाख लाग्ने बताउँदै ५०/५० हजार उठाएका थिए ।

Global Ime bank

प्रहरीका अनुसार पीडितका नाममा यसरी ठगी गर्नेहरू बढेका छन् ।
मौकाको फाइदा उठाउनेहरूले भूकम्पपीडितलाई विदेश पठाइदिने भन्दै ठगी गरिरहेको प्रहरीको निष्कर्ष छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बाह्रखरीसँग भने– “अहिले भूकम्पपीडितका नाममा ठगी गर्न सहज छ, त्यसैले पीडितका नाममा ठगी गर्नेहरू जाग्न खोज्दैछन्, प्रहरीले उनीहरूलाई छाड्ने छैन ।”

यसरी ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन महाशाखाले विशेष प्रहरी परिचालित गरेको एसएसपी खनालले बताए ।
स्रोतका अनुसार भूकम्पपीडितलाई विदेश लैजाने भन्दै काठमाडौंका कैयौं कन्सल्टेन्सीले यस्तो धन्दा चलाएका छन् ।
विदेशमा पनि भूकम्पले चर्केका घर र बस्तीका फोटा देखाउँदै विभिन्न कार्यक्रम गरी रकम संकलन गरेर आफूखुसी खर्च गरेको उजुरी परेपछि प्रहरीले निगरानी बढाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC