site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६ वटै प्रदेशमा एमालेको सरकार बन्ला ? यस्तो छ चुनावी परिणाम (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रत्यक्षतर्फ ३३० सिट रहेको प्रदेश सभामा एमाले एक्लै बहुमतको बाटोमा रहेको छ । हालसम्म १ नम्बर प्रदेशमा एमालेले ५६ सिट मध्ये ३४ सिटमा विजयी हासिल गरेको छ ।

२ नम्बर प्रदेशमा भने एमाले कमजोर देखिएको छ । ६४ सिट रहेको २ नम्बर प्रदेशमा एमालेले १२ सिट ल्याएको छ भने ६६ सिट रहेको ३ नम्बर प्रदेशमा ३७ सिट ल्याएको छ । ३६ सिट रहेको चार नम्बर प्रदेशमा एमालेले १३ स्थान जितेको छ भने केही स्थानमा अग्रता कायम गरेको छ । ५२ सिट रहेको प्रदेश पाँचमा २५, २४ सिट रहेको ६ नम्बर प्रदेशमा १३ र ३२ सिट रहेको ७ नम्बर प्रदेशमा १० स्थानमा जित हासिल गरिसकेको छ । र, हालसम्म एमाले १५ स्थानमा अगाडि रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै वाम पन्थी गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले ६२ स्थान जित्दा कांग्रेस भने तेस्रो स्थानमा खुम्चिएको छ उसले हालसम्म ४२ स्थानमा जित हासिल गरेको छ । संघीय समाजवादी फोरमले २२ सिट जितेको भने राष्ट्रिय जनता पार्टीले १३ स्थानमा विजय प्राप्त गरेको छ । नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रसमेतले हालसम्म ८ स्थान जितेका छन् ।

यस्तो अवस्थामा नेकपा एमालेले नै धेरै प्रदेशमा सरकार बनाउने देखिन्छ । अहिलेसम्म दलहरुले प्रदेश सभामा प्राप्त गरेको सिट संख्या यस्तो छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement