site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३३ किलो सुन प्रकरणः नेवानि कर्मचारीद्वारा हिरासतमै आत्महत्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । ३३ किलो सुन प्रकरण रहस्यमय बन्दै गएको छ । यही प्रकरणमा जोडिएर पक्राउ परेका मध्ये प्रेमराज चौधरीले सिंहदरबार प्रहरी वृत्तमा आत्महत्या गरेका छन् । प्रहरी स्रोतका अनुसार उनी शुक्रबार बिहानै ट्वाइलेटमा मृत अवस्थामा फेला परेका हुन् । 

उनलाई बिहीबार गृह मन्त्रालयको टोलीले सिंहदरबार प्रहरी वृत्तमा पठाएको थियो । उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । उनले आफैंले लगाएको ट्रयाक–सुटले घाँटी बेरर पासो लगाई आत्महत्या गरेको बताइएको छ । काठमाडाैं प्रहरी परिसरका डीएसपी मोहन थापाले घटनाको पुष्टि गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले बिहीबार चौधरीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । उनी नेपाल वायु सेवा निगममा कार्यरत कर्मचारी रहेको प्रहरी स्रोतले बताएको छ । गएको माघ ७ मा काठमाडौं भित्रिएको साढे ३३ किलो सुन गायब भएको थियो । सुन गायब भएपछि तस्कर समूहले उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । प्रहरीले शाक्यको शव विराटनगरबाट बरामद गरेको थियो ।

सुन प्रकरणमा अहिलेसम्म आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्यसहित १९ जना पक्राउ परिसकेका छन् । सुन प्रकरणमै प्रहरी संग्लनताको आशंका गर्दै महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीसहितका उच्च प्रहरी अधिकारी पनि शंकाको घेरामा छन् ।

Global Ime bank

सांकेतिक तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०७४  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !