site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारका लागि यो साता फलदायी, लगानीकर्ताको कुल सम्पत्तिमा १ खर्ब ३० अर्ब वृद्धि
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ वर्षको पहिलो साता लगानीकर्ताका लागि फलदायी बनेको छ । गतवर्षको अन्तिम साता २७ अंकले बढेको नेप्सेमा नयाँ वर्षको पहिलो साता शतकीय सुधार आएको हो ।
पछिल्लो दुई साताको सुधारलाई निरन्तरता दिँदै नेप्से यससाता १२ सय ७७ दशमलव ५५ अंकबाट सुरु भएर १३ सय ८८ दशमलव ३१ अंकमा पुग्यो । साताको पहिलो २ दिन आंशिक सुधार आएको सेयर बजारमा तेस्रो दिनदेखि कारोबार बढेको हो ।
त्यसक्रममा पछिल्ला ३ दिन १ अर्बको कारोबार भयो । पहिलो दिन न्यून कारोबार भएको नेप्सेमा त्यसयता भने कारोबार रकममा सुधार आएको हो ।

साताभरको नेप्से परिसूचक ट्रेन्डः
\"\"

Prabhu Bank
Agni Group
NIC Asia

यस साताका तीन दिन १ अर्बको कारोबार हुँदा नेप्सेमा अघिल्लो साताभन्दा ३८.४६ प्रतिशत बढकिो कारोबार भएको छ । यस साता नेप्सेमा ४ अर्ब ८ करोड ८७ लाख ५७ हजार रुपैयाँको सेयर खरिदविक्री भए । यसक्रममा १८१ कम्पनीका ८८ लाख ५९ हजार ४१० कित्ता सेयर किनबेच भए ।
अघिल्लो साता बजारमा १८३ कम्पनकिा ८१ लाख ९८ हजार कित्ता सेयर २ अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएका थिए । पाँचै दिन कारोबार भएको यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
नयाँ वर्ष सुरु भएसँगै सकारात्मक बनेको सेयर बजार साताभर नै हरियो रह्यो । यससँगै देशले नयाँ प्रधानमन्त्री पाएयता सेयर घटेर हैरान भएका लगानीकर्तामा उत्साह छाएको छ । नेप्से क्रमशः बढ्दा बजार घटेर अत्ताल्लिएका लगानीकर्तामा सकारात्मक सन्देश पुगेको सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेल दाबी गर्छन् ।
बाह्रखरीसँग कुरा गर्दै उनले भने, “बजार घट्ने प्रेक्षेपण गर्ने पनि अब त बढ्छ भन्न थालेका छन् । पुर्वाधारमा केही सुधारको कुरा अघि बढिरहँदा परिसूचकले पनि लगानीकर्तालाई आश देखाएको छ ।” यो साताको नेप्सेमा देखिएको प्रगति लगानीकर्ताका लागि “खडेरीमा पानी परे झैं” भएको उनको दावी छ ।
यसैबीच, पूर्णअनलाई कारोबार कार्यान्वयनको क्रममा नेप्सेले शुक्रबार सेयर ब्रोकरसँग छलफल गरेको छ । नेप्सेले ब्रोकरबाट अनलाइन प्रणालीका लागि आवश्यक सुझाव मागेको हो । यससँगै सेयर बजार अझै प्रविधिमैत्री बन्न खोजेको छ । बजारका लागि लागि यो सकारात्मक भएको जानकारहरुको दाबी छ । उनीहरु बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासिक अवधिको प्रगति विवरण प्रकाशन गर्न लाग्दा लगानीकर्ता आशाबादी भएका बताउँछन् । त्यसो त, तेस्रो त्रैमासिक अवधिपछि सेयर बजारको बढ्ने ट्रेन्ड सामान्य भएको भन्ने पनि धेरै छन् ।
यता गत १ वर्षको नेप्से परिसूचकको ग्राफ हेर्दा केही साताअघि वर्षभरिकै न्यून बिन्दुमा रहेको बजार तीब्र रुपमा उकासिएको देखिन्छ । तसर्थ, बजार प्रभाव पार्ने कुनै ठूलो घटना नभएको अवस्था तत्काल तीब्र गिरावट आउँछ भन्ने कुनै आधार नभउको उनीहरु दावी गर्छन ।

गत १ वर्षको नेप्से परिसूचक ट्रेन्डः
\"\"

Global Ime bank

यससाता लगानीकर्ताको सम्पत्तिमा १ खर्ब ३० अर्ब सुधार आएको छ । गत साता १४ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ रहेको सेयर बजारको कूल पुँजीकरण यस साताको अन्तिम दिनसम्म आइपुग्दा १६ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
नेप्से परिसूचक बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा २१ दशमलव ५८ अङ्कले बढेर २ सय ९४ दशमलव ०३ अङ्कमा आइपुगेको छ ।
यससाता नेप्सेमा कारोबारमा आएका समूहतर्फ भने ट्रेडिङबाहेक सबै समूहमा सुधार आए । यससाता ट्रेडिङ समूहमा ३.३८ अंकको गिरावट आउँदा बीमा समूह सर्वाधिक ८५१.२५ अंकले उकालो लाग्यो । त्यसैगरी होटल समूहमा २३९.५५ अंकको सुधार आउँदा लघुवित्तर जलविद्यूत् समूह क्रमशः २१५.२८ अंक र २०५.६५ अंकले बढे । विकास बैंक समूहमा पनि १३५.५३ अंकको सुधार आयो । बाँकी समूहमा भने १ सय अंकले उकालो लागे ।

यससाता सर्वाधिक कारोबार हुने कम्पनीमध्ये शीर्ष ५ कम्पनीमा २ इन्स्योरेन्स कम्पनी र २ बैंक रहे । सर्वाधिक कारोबार हुनेमा सुर्य लाईफ इन्स्योरेन्स शीर्ष स्थानमा रहँदा कुमारी बै.क दोस्रो स्थानमा रह्यो । दुई कम्पनीका क्रमशः १२ करोड ४२ लाख र ११ करोड रुपैयाँ बराबरको सेयर खरिदविक्री भएका थिए । कारोबार रकमको आधारमा शीर्ष ५ कम्पनीमा युनाइटेड इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर कम्पनी र नेपाल बैंक पनि अटाए ।
यस साता काराबार भएको सेयर संख्याको आधारमा कुमारी बैंक ४ लाख २४ हजार कित्तासहित शीर्षस्थानमा रहँदा कारोबार संख्याका आधारमा प्रिमियर इन्स्योरेन्स १७ सय ९७ वटा कारोबारसहित शीर्षस्थानमा रह्यो ।
यससाताभर नेप्सेमा ३ कम्पनीका १६ करोड ८५ लाख २० लाख कित्ता नयाँ सेयर थपिए । ती सेयर एनआईसी एसिया डिबेन्चर २०८१÷८२, सिटिजन्स म्युचुअल फन्ड – १ र एनआईसी एसिया ग्रोथ फन्ड रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement