site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कस्तो थियो गोरे र सनमको सम्बन्ध ? गोरे भन्थे– सनम ! तिम्रा लागि जे नि गर्छु 
Sarbottam CementSarbottam Cement

साढे ३३ किलो सुन तस्करीसँग जोडिएपछि हत्या गरिएका सनम शाक्य (बायाँ) र मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे (दायाँ) । तस्बिर सौजन्य : सनमको परिवार 


काठमाडौं । ‘विगत अढाई वर्षदेखि सबै काम सनमले गथ्र्यो । सामान हरायो भन्ने सुनेँ, त्यसबेला म कोलकतामा थिएँ । त्यसपछि विमानस्थलका स्टाफलाई सोधियो । सुन खोज्न हिँडियो । खोज्दै जाँदा म भएको भए सनम मर्दैनथ्यो होला । खानपिन झैझगडा भइरहन्थ्यो । सनम मर्ने बेलामा गाडीमा राखेर उनीहरुलाई घरपरिवार र हस्पिटलमा छाड्ने तयारी थियो । हामी वर थियौं । अन्तिममा सनम मर्यो भन्ने खबर आयो । त्यसपछि हामी आत्तियौं,’ पक्राउ पर्नुअघि चूडामणि उप्रेती अर्थात् गोरेले यस्तो भनेको भिडियो सन्देश सार्वजनिक भएको छ । भिडियोमा गोरेले सनमको बारेमा निकै कुरा बताएका छन् । 

स्रोतका अनुसार गृह मन्त्रालयले बनाएको विशेष छानबिन समितिले मंगलबार बिहान पक्राउ गरेपछि पनि गोरेले सनमसँगको आफ्नो सम्बन्धका बारेमा बयान दिएका छन् । मंगलबार नै समितिले गोरेलाई मोरङ प्रहरीको जिम्मा लगाएको छ । 
गोरेले अढाई वर्षदेखि सनमले नै आफ्नो काममा सहयोग गरेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

कस्तो हो त सम्बन्ध ? 

Global Ime bank

फौजी बाबुका छोरा चूडामणि उप्रती ‘गोरे’ र सामान्य परिवारमा जन्मिएका सनम शाक्य । गाउँ एउटै, उमेर पनि उस्तै । गोरे फुटबलका राम्रा खेलाडी । सनम त्यसबेला पनि सानोतिनो काम गरेर गुजारा चलाउने गरेको उनको परिवार बताउँछ ।
गोरे पछि भारतीय सेनामा भर्ती भए । उनले सार्वजनिक गरेको भिडियो सन्देशमा पनि यो कुरा उल्लेख गरेका छन् ।

त्यहाँ पनि उनी फुटबल खेल्ने गर्थे । त्यसपछि दुबई पुलिसमा पनि काम गरे । दुबईमै रहेका गोरेका भाइ रमेश उप्रेतीको होटल रहेको बताइन्छ । 

जब गोरे दुबर्इ पुलिसमा भर्ना भए, त्यहीँबाट नै उनले सुन तस्करीको बाटो पत्ता लगाएको हुन सक्ने अनुमान समितिले गरेको छ । सुन तस्करीमा लागेपछि गोरेका कैयौं साथी जोडिए, कैयौं सम्बन्ध तोडिए पनि । गोरेसँग २०७२ पछि जोडिएका एउटा साथी थिए सनम शाक्य । सानैदेखिको सम्बन्ध रहेका गोरेले सनमलाई ‘अब काठमाडौंमा काम गर्नुपर्छ’ भन्दै लगेको आफन्त बताउँछन् ।

गोरेले मोरङ उर्लाबारीबाट सनमलाई काठमाडौं ल्याएपछि आफ्नो सबै आर्थिक कामको जिम्मेवारी सुम्पिएका थिए ।

गोरेसँग काम गर्न थालेपछि सनमले नियमित रुपमा घर खर्च पठाउन थालेका थिए । सनमकी आमा कल्पनाले बाह्रखरीसँग उनकै घरमा कुराकानी गर्दै भनिन्, “छोराले प्रत्येक महिना कहिले १५ हजार त कहिले २० हजारसम्म पठाउँथ्यो । हाम्रो आम्दानीको स्रोत नभएपछि त्यसैले हाम्रो परिवारको खर्च धानेको थियो ।”

सनम त्यसपछि कहिलेकाहीँ मात्रै मोरङ उर्लाबारीस्थित घरमा जान्थे । सनमकी श्रीमती सुनिताले पनि गोरे र सनमको सम्बन्धका बारेमा सुनाइन्, “उहाँहरुको दोस्ती गहिरो थियो । उहाँ (सनम) गोरेले बोलाएपछि जे पनि गर्नुपर्छ र गर्छु भन्नुहुन्थ्यो । घरमा आउनासाथ बोलाए पनि उहाँ हिँडिहाल्नुहुन्थ्यो ।”

गोरेले पनि सनमको घरमा बेलाबेला फोन गरिरहन्थे । गत वर्ष साउनमा सनमकी छोरीको जन्मदिनमा गोरे घरमै आएको सुनिता बताउँछिन् । सुनिता भन्छिन्, “गोरेले भाउजू भन्थे । काम राम्रो छ, चिन्ता गर्नुपर्दैन भनिरहन्थे । तर गोरेले यतिसम्म गर्लान् भन्ने सोचेकी थिइन ।”
सनम हत्यामा आफ्नो संलग्नता नभएको गोरेले दाबी गर्दैं आएका छन् भने सनमको परिवार र गोरेका अन्य सहयोगीले प्रहरीलाई दिएको बयानमा गोरेलाई नै दोषी देखाएका छन् ।

गोरेले पनि माया गर्थे सनमलाई

सनमको परिवारका सदस्यका अनुसार पहिले गोरेले पनि सनमलाई निकै माया गर्थे । उनी गोरेसँगै दुबई पनि गएका थिए, जहाँ गोरेको परिवार पनि थियो । 

\"\"

सुन हराएपछि हत्या
 

गत माघ पहिलो साता युएईबाट आएको तस्करीको साढे ३३ किलो सुन हराएपछि सबै विषय छताछुल्ल भएको थियो । उक्त सुन खोजी गर्ने क्रममा सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
सनमको परिवारले गोरेकै यातनाले नै सनमको मृत्यु भएको बताउँदै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement