site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयरको आंशिक अनलाइन ट्रेडिङ सुरु, २ महिनामा पूर्ण अनलाइन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिनबाट आंशिक अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनमा आएको छ । इन्टरनेटमा आधारित पूर्ण स्वचालित सेयर कारोबारमार्फत् मोबाइल तथा कम्प्युटरबाटै सेयर कारोबारको दिन नसकेपनि लगानीकर्ताले ब्रोकरले पाउनेबराबरको सूचना प्राप्त गर्ने पहुँच भने पाएका छन् ।

हाल पूर्ण अनलाइन प्रणाली कार्यान्वयन गर्नका लागि परीक्षण तथा मुल्यांकन गर्नुपर्ने भएकाले केही समय नयाँ र पुरानो प्रणाली समानान्तर रुपमा सञ्चालित भएको हो । जसअनुसार मंगलबारदेखि लगानीकर्ताले प्रणालीमा जारी कारोबारको अवस्था हेर्न पहुँच पाउन थालेका छन् ।

तर, आंशिक अनलाइन प्रणालीमा लगानीकर्ताले कारोबार अर्डर भने म्यानुअल रुपमै दिनुपर्दछ । अर्थात, अर्डर दिने प्रणाली भने पुरानै हो । यसअघि प्रणालीको कारोबार हेर्ने पहुँच ब्रोकर कम्पनीले मात्र पाउने गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिले वेबसाइटबाट समग्र कारोबारको अवस्था मात्र हेर्न मिल्थ्यो, सिस्टमको कारोबार बुझ्ने ब्रोकर कम्पनीमै जानुपर्थ्यो । तर मंगलबारदेखि प्रत्येक लगानीकर्तालाई छुट्टै युजरनेम र पासवर्ड दिइएको छ । त्यो प्रयोग गरी लगइन गरिसकेपछि लगानीकर्तालाई आफ्नै मोबाइल र ल्यापटपबाट सिस्टममा पहुँच हुन्छ ।

यता आंशिक अनलाइन ट्रेडिङको सुरुवात भने भएपनि पूर्ण अनलाइनमा जान नसकिएको लगानीकर्ताको टिप्पणी छ । तर, आंशिकै भएपनि चित्त बुझाउने बाटो खुलेको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल बताउँछन् ।

Global Ime bank

बाह्रखरीसँग कुरा गर्दै अर्यालले नेप्से र ब्रोकर कम्पनीले आवश्यक तयारी गर्न नसक्दा लगानीकर्ताले आश गरेका उपलब्धि हासिल गर्न नसकिएको बताए । निर्माणकर्ता कम्पनी वाइको इन्टरनेसनलले तयार पारी केही साताअघि नै बहुप्रतिक्षित अनलाइन प्रणाली नेप्सेलाई हस्तान्तरण गरेको थियो ।

अर्यालका अनुसार मंगलबारदेखि लगानीकर्तालाई पनि सिस्टमको पहुँच मात्र दिइएको हो । नेप्सेले परीक्षणका लागि लामो समय लगाउँदा तथा ब्रोकर कम्पनीले हार्डवेयर सफ्टवेयर लगायत आवश्यक स्रोत साधन जुटाउन नसक्दा पूर्वनिर्धारित समयमा उपलब्धि हासिल गर्न नसकिएको उनको आरोप छ ।

यद्यपि अनलाइन प्रणालीको बिजारोपण भएकोमा लगानीकर्ता केही हदसम्म सन्तुष्ट भएको उनको दाबी छ । उनले भने, “यदी सरोकारवाला सबै पक्ष मिलेर काम गरे चाँडै नै पूर्ण अनलाइन प्रणाली आत्मसात् गर्न पाइनेछ । अझै केही हप्ता चल्ने टेस्ट प्रक्रियाको मूल्यांकनपछि क्रमशः रुपमा अन्य ब्रोकर कम्पनीमा जडान हुने अपेक्षा हाम्रो छ ।”

उनले भने, “तर अहिले नै पूर्ण अनलाइन आएन भनेर हामी तत्काल विरोध गर्ने ठाउँ छैन । अब यसलाई सफल बनाउने जिम्मेवारी हाम्रो पनि काँधमा आएको छ । अहिले नै यस्तो हुन्छ भन्ने आधार केही छैन ।” “तर, प्राणालीको फिडब्याक राम्रो आए केही सातामै पूर्णरुपमा कार्यान्वयनमा ल्याउन हामी पक्कै दवाव दिने छौं,” उनले थपे ।

अहिले परीक्षण गरिएको अनलाइन प्रणाली सफल भए यही प्रणाली पूर्ण कार्यान्वयन हुने नेप्सेलाई उद्धृत गर्दै अर्यालले बताए । तर फेल भए अहिले जारी म्यानुअन ट्रेडिङले मान्यता पाउँछ । यहीकारण भविष्यमा हुने अनलाईन प्रणालीमा सर्पोट गर्ने समानान्तर रुपमा म्यानुअल कारोबार जारी गरिएको उनको बुझाइ छ ।

यसअघि जेठमै ल्याउने भने पनि ढिला भएपछि विरोध भइरहेको अवस्थामा नेप्सेले साउन एक गतेदेखि समानान्तर रुपमा दुई प्रणाली लागु गर्ने बताएको थियो । तर, त्यो ७–८ कम्पनीमा मात्र सीमित छ । केही ब्रोकरबाट अनलाइन कारोबार गर्न मिले पनि सबैमा लागु हुन भने अझै केही समय कुनुपर्ने निश्चित छ ।

अर्यालका अनुसार अहिले ती ७–८ वटा ब्रोकर कम्पनीमा अनलाइन प्रणाली “टेस्टिङ” भइरहेको हो ।

यता नेप्सेमा प्रवक्ता मुराहरी पराजुली बढीमा २ महिनापछि पूर्ण अनलाईन प्रणाली जडान भइसक्ने दाबी गर्छन् । उनका अनुसार जारी मूल्यांकनबाट नयाँ प्रणाली पूर्णरुपमा तयार र कुशल रहेको पक्का गरेपछि क्रमशः रुपमा ब्रोकर कार्यालयहरुमा जोड्ने कामको थालनी हुन्छ ।

उनले भने, “परीक्षण सकिएपछि अहिलेको प्रणाली छोडेर नयाँ सिस्टममा जान सकिन्छ । यो प्रणालीलाई कार्यान्वयनमा आएपछि मात्र लगानीकर्ताले कम्पुटर र मोबाइलबाटै खरिद गर्न सकछन् ।” परीक्षण सकिएप नि लगानीकर्ताले अहिले दिइएको युजरनेम र पासवर्ड प्रयोग गरी कारोबारको खरिदबिक्रीको आदेश पनि दिन सक्ने उनले बताए । 

यसअघि पूर्णरुपमा कार्यान्वयनमा आउन केही महिना लाग्ने समाचार बाहिरिएपछि लगानीकर्ताले यसको विरोध गरेका थिए । यसअघि नेप्सेले ढिलामा जेठदेखि अनलाइन प्रणाली सुरु हुने आश्वासन दिएको थियो ।

कस्तो हुन्छ अनलाइन ट्रेडिङ ?
 

केही समयपछि पूर्ण अनलाइन ट्रेडिङ प्रणाली कार्यान्वयनमा ल्याउने तयारीमा रहेको नेप्सेले लगानीकर्तालाई घरमै बसेर इन्टरनेटको माध्यमबाट कम्प्युटर, ल्यापटप र मोबाइलबाट सेयर खरिद तथा बिक्रीको अर्डर सक्ने व्यवस्था मिलाउन लागेको हो । यसले पुँजी बजारलाई थप चलायमान र सरल बनाउने अपेक्षा गरिएको छ ।

सेयर बजारमा अनलाईन प्रणालीमार्फत किनबेच गर्न चाहने लगानीकर्ताले सबैभन्दा पहिले सेयर दलालको कार्यालयमा आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ । कारोबार गर्ने व्यक्ति र ब्रोकर कम्पनीबीच एउटा सम्झौता त्यहिबेला गरिन्छ ।

दुईपक्षबीचको सम्झौतामा सेवाग्राहीको डिम्याट खाता, बैंक खाता, कारोबार रकम अधिकार, पेश्कि आदि विषयमा भएको सम्झौता अनुसार ब्रोकरले कारोबार गर्दछ । अहिले पनि यही हिसाबले करोबार हुने गरेको छ । ब्रोकरले लगानीकर्तालाई उसको बैंक खातामा रहेको रकम र मार्जिन कर्जालगायतका कुराहरुको आधारमा कारोबार सीमा तोकी सम्बन्धित लगानीकर्तालाई कारोबारको अधिकार दिन्छ । 

अहिले कारोबार गर्न चाहनेले लेखेर अर्डर दिनुपर्छ भने अनलाइन प्रणालीमा मोबाइल वा कम्प्युटरबाटै अर्डर दिन सकिन्छ ।   ब्रोकर कार्यालयमा उपलब्ध फारम भरेर किन्ने वा बेच्ने लिखित अर्डर दिने र आदेश संकलन गरेर ब्रोरले सिस्टममा इन्ट्रि गर्ने प्रणाली भने अन्त्य हुनेछ ।

यसर्थमा, सेवाग्राहीले दिएको अर्डर सिधै सिस्टममा पुग्छ । यद्यपि, ब्रोकरले भने कारोबार मोनिटर गरिरहेको हुन्छ । अनलाइन प्रणाली भएपनि सेवाग्राहीले ब्रोकर बिनै कारोबार गर्न अवसर भने पाउनेछैनन् । नयाँ प्रणालीमा पनि अहिले झैं फरक फरक ब्रोकरको कार्यालयमा खाता खोली चाहे अनुसारको कारोबार गर्न सकिनेछ । अलग ब्रोकरबाट कारोबार गर्दा अलग एकाउन्टमा लगइन भने गर्नुपर्नेछ । तर, सर्वसाधारणमा अनलाइन प्रणाली आउनेवित्तिकै ब्रोकरको सेवा लिनुपर्दैन भन्ने बुझाई गलत रहेको बताइएको छ । 
ब्रोकरको काम भनेको निगरानी गर्ने सम्झौताअनुसार मात्र सेयर बजारमा कारोबार गर्न पाइन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement