site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मलाका ‘सम्भावित किलर’मा प्रहरीको नजर, साउन १० मै खोलामा देखिएको थियो निर्मलाको साइकल
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या अनुुसन्धान जारी छ । गत साउन १० गते साथीको घरमा हिँडेकी निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परिन् । निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुले पनि मुख्य कुरा अर्थात् हत्यारा को हो र हत्यामा संग्लन को–को थिए भन्ने प्रश्न अनुत्तरित नै छ । प्रहरी अधिकारीहरुको भनाइलाई आधार मान्ने हो भने अनुसन्धान जारी छ । तर, अनुसन्धान कहाँ पुग्यो भन्ने जवाफ प्रहरी अधिकारीसँग पाउन मुस्किल पर्छ ।

कञ्चनपुर प्रहरीले हत्या अनुसन्धान गर्ने जिम्मेवारी डिएसपी कृष्णराज ओझालाई दिएको छ । ओझा भन्छन्, ‘‘अनुसन्धान जारी छ तर यसै केही भन्न सकिन्न ।’’ त्यसो त निर्मला हत्याको अनुसन्धान सुरक्षा निकायका विभिन्न टोलीले आ–आफ्नै ढङ्गले गरिरहेका छन् । तर, घटनाको चित्तबुझ्दो ‘सुराक’ फेला पार्न सकेका छैन््न् । अनुसन्धानका क्रममा विभिन्न समयमा विभिन्न कुराहरु बाहिर आए पनि विषयहरु आपसमा ‘म्याच’ हुन सकेका छैनन् । 

साउन १० मै देखिएको थियो निर्मलाको साइकल
\"\"साउन १० गते दिउँसो कञ्चनपुरमा ठूलो पानी परेको थियो । त्यो समय भीमदत्तनगर–१८ मा रहेको उखुबारी (निर्मलाको शव भेटिएको स्थान) वरपर रोपाइँ चलिरहेको थियो । कञ्चनपुरका तत्कालीन प्रहरी अधिकारीको भनाइलाई आधार मान्ने हो भने बिहान खेत रोप्न आएकाहरु दिउँसो १ बजेदेखि ४ बजेसम्म खाना खान घर जान्छन् । त्यही समयमा स्थानीय महिला जमुना र धना भण्डारी बच्चासहित बाख्राका लागि स्याउला काट्न खोला किनारतिर जाँदै थिए । खोलाको वर जामुन लगायतका रुखहरु छन् । साँझको समयमा उनीहरुसँगै गएको बच्चाले खोलामा साइकल देखेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्मला हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा धना र जमुना भण्डारीको बयान यस्तो छ, ‘‘हामी दुई बहिनी बाख्राका लागि स्याउला काट्न गएका थियौं । साथमा यो फुच्चे पनि थियो । यसले खोलामा साइकल देखेछ र हामीलाई ‘ममी साइकल, साइकल’ भने तर हामीले वास्ता गरेनौं । पछि हेर्दा साइकल देखियो तर धेरै भाग डुबेको अवस्थामा थियो । तर कापी र अम्बा भने देखिएन । पानी परेकाले खोला तर्न सकिने अवस्थामा थिएन ।’’ 

धना र जमुना स्याउला काट्न गएको समय र उनीहरुले साइकल देखेको विषयमा दिएको बयानलाई आधार मान्ने हो भने खेत रोप्नेहरु खाना खान गएकै समयमा घटना भएको अनुमान अनुसन्धानकर्ताहरुको छ । पानी परेको त्यसमाथि खोलामा पानी भएकाले बगेर आएको होला वा अन्य कारणले भनेर उनीहरुले साइकलबारे चासो दिएनन् । 

Global Ime bank

के सम्भव थियो त उखुबारीमा घटना ?
\"\"उच्चस्तरीय समितिको प्रतिवेदनमा भनिएको छ, ‘‘साउन १० गते दिउँसोदेखि हराइरहेकी १३ वर्षीय निर्मला पन्त भोलिपल्ट साउन ११ गते बिहान ९ बजेतिर भीमदत्तनगर–१८ निम्बुखेडास्थित उखुबारी (लोकेन्द्र भट्टको) मा मृत अवस्था (अर्धनग्न र घोप्टो अवस्था) मा फेला परेको ।’  रोशनी बमको घरदेखि मृतक निर्मला फेला परेको स्थानसम्मको दूरी ६ सय मिटर र मृतकको साइकललगायतका सामग्री भेटिएको स्थानदेखि निर्मलाको घरसम्मको दूरी १३ सय मिटर रहेको प्रतिवेदनमा उल्लेख छ । 

निर्मलाको शव खोलापारी रहेको उखुबारीमा फेला परेको थियो । खोलाको वरपर बाक्लै रुखहरु नभएका होइनन् । तर साउन १० मा पानी परेकाले खोला सामान्य रुपमा तर्न सकिने अवस्थाको थिएन । खोला तर्नका लागि एउटा काठेपुल छ । निकै कमजोर अवस्थाको काठेपुलमा २ जना जान खोजे लड्ने सम्भावना रहन्छ । किनकी त्यो काठेपुलका फलेक कमजोर छन् र हल्लिरहेका हुन्छन् । 

\"\"निर्मलालाई बाटोबाट जबरजस्ती लागिएको हो भने पुलबाट सम्भव हुँदैन । किनभने पुलपारी एउटा घर छ । जुन घरबाट पुल तर्नेहरुलाई सजिलै देख्न सकिन्छ । यस्तोमा अनुसन्धानमा संलग्न अधिकारीहरुको तर्क यस्तो देखिन्छ– बाटोबाट निर्मलालाई लगेर २ देखि ४ बजेको बीचमा बलात्कार गर्ने अवस्था रहँदैन । कि निर्मलालाई भेट्नेबित्तिकै घाँटी अँठ्याएको हुनुपर्छ, वा समातेर मारेको हुनुपर्छ । मारेर उखुबारीमा लगेको हुनसक्छ । 

यदि अन्यत्र मारेर ल्याइएको हो भने शव भेटिएको स्थान शव व्यवस्थापन गर्ने स्थान होइन । किनकी घटना उज्यालो समयमै भएको देखिन्छ । निर्मलाको साइकल देख्ने महिलाको भनाइबाट पनि त्यो पुष्टि हुन्छ । 

प्रहरी अधिकारीको बुझाइमा निर्मलालाई राम्रोसँग चिनेको, निर्मलाले आउने–जाने स्थान, बाटोको बारेमा पूरै सूचना भएको व्यक्तिबाट घटना भएको हुनसक्ने अर्को आधार हुनसक्छ । त्यो अपराधीले निर्मलाको बाटो ढुकेरै घटना घटाएको हुनसक्छ । योबाहेक अरु कुरा अनुसन्धानले ठम्म्याउन सकेको छैन । प्रहरीको अनुसन्धानले उखुबारी नै घटनास्थल भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । 

‘सम्भावित ‘किलरमा नजर
यसअघि तत्कालीन प्रहरी नेतृत्व र सिआईबीको टोलीले बलात्कारपछि हत्या गरेको भन्दै भीमदत्तनगर–१९ बागफाँटाका ४१ वर्षीय दीलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । दीलिपलाई सार्वजनिक गरेसँगै स्थानीयले नक्कली अभियुक्त खडा गरेर अपराधी उम्काउन खोजिएको भन्दै आन्दोलन चर्काए । आन्दोलन उग्र बन्दै गएपछि तत्कालीन कञ्चनपुर प्रहरी नेतृत्व डिल्लीराज विष्टलाई हटाइएको हो । विष्टको स्थानमा एसपी कुवेरसिंह कडायतलाई कञ्चनपुर पठाइयो । तर एसपी कडायतले कञ्चनपुरको कमाण्ड सम्हालेकै दिन गोली चल्दा स्थानीय युवक शनि खुनाको ज्यान गएको थियो । त्यसअघि एसपी विष्टले कमाण्ड सम्हाल्दा पनि गोली चलेको थियो । घटनाको अनुसन्धान सिआईबीले पनि गरिररहेको छ । 

केही सम्भावित व्यक्तिलाई टोलीले निगरानीमा राखेको छ । ‘‘अहिले यसै भन्न त सकिने अवस्था छैन, तर केही व्यक्ति ‘सम्भावित किलर’ हुन् कि भन्ने लागेको छ तर पूरै आधार नपाईकन कसैलाई त्यसै समात्ने कुरा भएन,’’ अनुसन्धानमा रहेका एक अधिकारीले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !