site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाको कार्यदल भंग, बाँकी काम सचिवालयले नै गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठनात्मक एकीकरण टुंग्याउन गठित कार्यदल शुक्रबारबाट भंग भएको छ ।  आज बिहान बसेको नेकपाको सचिवालय बैठकले सो निर्णय गरेको हो । कार्यदलमा रहेका नेताहरुले बिहीबार  सचिवालयसँगै बसेको बैठकमा कार्यदलको म्याद एक हप्ता थप्न आग्रह गरेका थिए । 

शुक्रबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल भंग गरिएको र अब कार्यदलको बाँकी काम सचिवालयले नै गर्ने जानकारी दिए । बिहीबार कार्यदल र सचिवालयको संयुक्त बैठक बसेको थियो । बैठकमा कार्यदलले एकीकरणको खाका (जिल्लातहको नेतृत्वको सिफारिससमेत) बुझाउन सात दिनको समय माग गरेको थियो ।

तर, कार्यदललाई समयावधि थप्ने कि सचिवालयले नै टुंग्याउने भन्ने विषयमा शीर्ष तहका नेताको मत बाझिएपछि बैठक शुक्रबार बिहानसम्म स्थगित भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सोतका अनुसार कार्यदलको समयावधि थप्ने विषयमा अध्यक्षद्वयकै मतैक्य हुन सकेको थिएन । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली कार्यदलको समय नथप्ने मनशायमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदललाई ७ दिनको समय दिएर सबै काम कार्यदलबाटै टुंग्याउनुपर्ने मनशायमा थिए ।

कार्यदलका ९ सदस्यमध्ये ६ जना पूर्वएमालेका थिए भने  ३ जनामात्रै पूर्वमाओवादी केन्द्रका थिए ।

Global Ime bank

पूर्वएमालेका ६ जनामध्ये ३ जना माधव नेपाल समूहका रहेकाले आफू अनुकूल निर्णय गराउन नसक्ने भय अध्यक्ष ओलीमा रहेको आरोप लागेको थियो । अतः उनले महासचिव विष्णु पौडेलमार्फत कार्यदलको बैठक नै नबोलाएर निस्कृय बनाउन लागि परेको आरोप नेपाल पक्षले लगाउँदै आएको थियो । 

कार्यदलको म्याद नथपिएको अवस्थामा माधव नेपाल पक्षधरका सदस्यहरुले छुट्टै समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका छन् । बिहीबारको बैठकमा बोल्ने नेपाल समूहका सबै सदस्यले कार्यदललाई निस्कृय बनाइएको आरोप लगाएका थिए ।

बाहिर आएर पनि स्थायी कमिटी सदस्य योगेश भट्टराईले कार्यदलको बैठक राखे सात दिनभित्रमै निष्कर्षमा पुगिने र एकीकरण प्रक्रिया टुंगोमा पुर्याइने दाबी गरेका थिए  । कार्यदलमा रामबहादुर थापा बादल संयोजक रहेका थिए । कार्यदललाई गएको पुस १३ गते बसेको स्थायी कमिटीको बैठकले कामको म्यान्डेट दिएको हो । कार्यदलको म्याद नथप्दा स्थायी कमिटी बैठकको म्यान्डेटको अवमूल्यन हुने माधव नेपाल पक्षधरको आरोप रहेको थियो । 

“कार्यदल स्थायी कमिटीको निष्कर्ष पनि हो । स्थायी कमिटीको निर्णयलाई अवमूल्यन हुन दिन हुँदैन,” कार्यदलका एक सदस्यले बाह्रखरीसँग भने । 

माधव नेपाल समूहले तयार पारेको सात पृष्ठ लामो प्रतिवेदन तत्कालै सचिवालयलाई बुझाउने र सो प्रतिवेदन नै स्थायी समितिमार्फत् पास गराउने पक्षमा सो समूह लागेको छ ।

पौडेल र थापा अकर्मण्यः योगेश
कार्यदलका सदस्य योगेश भट्टराईले कार्यदल विघटन गरिएकोमा निन्दा गरेका छन् । उनले सबै सदस्यका कारण कार्यदलले काम गर्न नसकेको जस्तो देखाइएको आरोप लगाउँदै तर त्यस्तो नभएको र पार्टीका महासचिव विष्णु पौडेल र कार्यदलका संयोजक रामबहादुर थापाको अकर्मण्यताले यो सबै भएको दाबी गरे । उनले आजै आफूहरुले फरक प्रतिवेदन बुझाउने समेत बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय