site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीमाका प्रहरी चौकी भारतीय आक्रमणको निसानामा ! बीओपी बढाउँदै सशस्त्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुपन्देहीको शंकरपुरमा बिहीबार राति भारतीय आपराधिक समूहले आक्रमण गरेको २४ घण्टा नबित्दै बाँकेमा पनि एक भारतीय समूहले प्रहरीमाथि आक्रमण ग¥यो । लागुऔषध चरेस ओसारपसारको आरोपमा एकजना भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार राति बाँकेको राप्तीपारि नरैनापुरमा प्रहरीमाथि आक्रमण भएको हो । 

पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै उनीहरुले प्रहरी चौकी घेराउ गरेका थिए । सयौंको संख्यामा आएका भारतीयले आक्रमण गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गरेको थियो ।

प्रहरीको विशेष टोलीले भारतीय नागरिक देवीविन विश्वकर्मालाई पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । पक्राउपछि प्रहरी चौकीमा राखिएका भारतीय नागरिकको मुचुल्काका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढा गरी तनाव प्रयास भएको थियो । भारतीय समूहले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकलमा समेत तोडेफोड गरेका थिए । त्यसअघि बिहीबार राति भारतीय समूहले रुपन्देहीमा प्रहरीमाथि आक्रमण गरेको थियो । भारतबाट हतियारसहित छिरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा त्यहाँ ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतबाट आएका ५० वर्षीय झिनक धोबीलाई नियन्त्रणमा लिन खोज्दा हल्ला गरेपछि सयौंको संख्यामा भारतीय नागरिक नेपाल प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए । धोबीलाई पक्राउ गरेपछि भारतीय समूहले नेपाल प्रहरीमाथि लाठी र ढुङ्गामुढा प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट भारतीय नागरिक दीलिप धोबीको ज्यान गएको थियो । भारतीयको आक्रमणबाट प्रहरी तेजबहादुर कुँवर, प्रेमबहादुर आले र विक्रम मल्ल घाइते भएका थिए ।

प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले प्रहरीमाथि नै आक्रमण भएपछि प्रतिरक्षालाई गोली चलाइएको बताए । उनले भने, ‘‘प्रहरीले गोली नचलाएको भए अवस्था अर्कै हुन्थ्यो ।’’

Global Ime bank

‘बल प्रयोग गर्छौं तर तस्करसँग झुक्दैनौं”
प्रदेश नम्बर ५ का डिआईजी पिताम्बर अधिकारी पछिल्ला दुई घटनाबाट प्रहरी संवेदनशील भएको बताउँछन् । खुला सीमा नै ठूलो चुनौती भएको बताउँदै उनले जुनसुकै अवस्थामा पनि प्रहरी राज्यले दिएको जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारे ।

अधिकारीले बाह्रखरीसँग भने, ‘‘गोली हानेर भए पनि अपराधीलाई कुनै हालतमा छाड्दैनौं । बाँके र रुपन्देहीमा सीमानजिकै प्रहरीमाथि आक्रमण भएको छ । यसलाई कुनै देशभन्दा पनि तस्कर–अपराधीको समूहले गरेको आक्रमणको रुपमा बुझेका छौं । तर, हाम्रो भूमिमा आएर तस्करीमा संग्लनलाई बल प्रयोग गरेर भए पनि नियन्त्रणमा लिन्छौं ।’’ डिआईजी अधिकारीले प्रहरी सीमा अपराध रोक्न सक्षम भएको बताए ।

सीमामा बिओपी बढाउँदैछौंः सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज श्रेष्ठले खुला सीमाना नै ठूलो चुनौती भएको बताए । उनले भने, ‘‘सवारी साधन निश्चित नाकाबाट छिर्ने भएकाले त्यसको अनुगमन गर्न सजिलो त हुन्छ । तर व्याक्तिहरु जुनसुकै स्थानबाट आउजाउ गर्छन् । उनीहरुको रेकर्ड राखिँदैन । त्यसैले कतिपय अवस्थामा यसले समस्या निम्त्याउँछ ।’’

सीमामा देखिएको तनावलाई भारतीय पक्षसँग स्थानीय र केन्द्रमा पनि समन्वय हुने गरेको श्रेष्ठले बताए । सीमालाई प्रविधिमैत्री बनाउन पहल भइरहेको बताउँदै श्रेष्ठले भने, ‘‘अघिल्लो वर्षसम्म ८७ ओटा बिओपी (बोर्डर अब्जरभेसन पोष्ट) थिए, यसलाई बढाएर यो वर्ष १०६ पुर्याएका छौं । सीमामा देखिएका तनावबारे गम्भीर छौं ।’’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement