site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डाइभर्सन बगाउँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित
Sarbottam CementSarbottam Cement

पोखरा । आइतबार रातिको वर्षाले विजयपुर खोलामा राखिएका डाइभर्सन बगाउँदा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित भएको छ । सन् २०२१ भित्र सक्ने लक्ष्यका साथ अहिले विमानस्थलको निर्माणकार्य भइरहेको थियो । यतिबेला विमानस्थलमा निर्माणाधिन भवनहरुमा कंक्रिटको काम लगभग सकिएको छ । स्टिल संरचना र फाउण्डेसन निर्माणमा व्यस्त निर्माणाधिन विमानस्थल चालु आर्थिक वर्षभित्रै ४० प्रतिशत कार्य सक्ने लक्ष्य लिइएको छ ।

तर, स्टिल सामान बोकेका ट्रकहरु भने विमानस्थल नजिकैको विजयपुर खोलामा रोकिएका छन् । खोलामाथि बनेको मोटरेवल पुलमा चार महिनादेखि १० टनभन्दा माथिका मालबाहक गाडी आवतजावतमा रोक लगाइएको छ । करौँडोको लागतमा निर्माण भएको यो पुल ११ वर्ष नपुग्दै जीर्ण बनेपछि ह्युमपाइप राखेर डाईभसर्नमार्फत अस्थायी निकास दिइएको थियो । तर, वर्षातको बहाव थेग्न नसकेपछि ह्युमपाइपसहित डाइभर्सन नै बगाएको हो ।

विमानस्थलको निर्माणकार्यका लागि ल्याइएका सामान बोक्ने ट्रकहरुले खोला तर्न नपाउँदै बाटोमए रोकिएका छन् । बाटोमा नै सामान रोकिएपछि निर्माणाधीन विमानस्थलको काम प्रभावित भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ निर्माण सीएएमसीका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंले भने, “विमानस्थल भित्रका रित्ता ट्रकहरु पनि जान पाएका छैनन, सामान बोकेका ट्रकहरु पनि खोला तर्न पाएका छैनन्, सामान डेलिभरी समयमा नहुँदा त्यसै ह्याम्पर भएको छ ।”

Global Ime bank

ट्रक नआउँदा विमानस्थललाई अहिले दुईतिर नोक्सान

एक सामान नआउँदा काम नहुनु र दोश्रो बाटोमा रोकिएका ट्रकहरुलाई डिटेन्सन चार्ज तिर्नु । अहिले विमानस्थलमा दैनिक २० वटा ट्रकहरु आवतजावत गर्छन् । बाटोमा मात्रै ४० वटा ट्रक रोकिएका छन् । केही कलकत्तामा लोडिङ्गको क्रममा छन् भने वीरगञ्जमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सामाग्री बोकेका ट्रकहरु छन् ।

बाटोमा नै ट्रक रोकिँदा आयोजनाले प्रतिदिन प्रतिट्रक ६० डलर डिटेन्सन चार्ज तिर्नुपर्छ । यो शुल्क भन्सारमा रोकिए दुई सय डलर र कोलकत्ता पोर्टमा रोकिए अझै बढी तिर्नुपर्छ । “डिटेन्सन चार्ज तिर्नैपर्‍यो, सामग्री यहाँबाट आउने होइन, कलकत्ताबाट आउने हो, बाटोमा नै रोकिँदा चार्ज पनि तिर्ने यता काममा पनि समस्या भएको छ,” उनले भने ।

विमानस्थलको लागि चाहिने सामानहरु अहिले भारत र चीनबाट आउने गरेका छन् । चीनबाट आउने स्टिलका सामग्रीहरु सिधैं कोलकत्ता आउँछन्, भारतबाट आउने सिमेन्ट र रड पनि कोलकत्ता हुँदै नेपाल भित्रिने गरेका छन् । २०२१ को जुलाईबाट अन्तराष्ट्रिय उडान पोखरा विमानस्थलबाट पनि भर्ने योजनामा नागरिक उड्ययन प्राधिकरण छ । २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्ड अनुरुपको हुनेछ । नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर बनाउन सुरू गरेको हो । 

१८० सिट क्षमताको जहाज पोखरामा अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन । त्यस्तै, चापागाईंले विमानस्थल निर्माणमा ७० प्रतिशत सिभिलको काम हुने र बाँकी ३० प्रतिशत इक्यूपमेन्टको हुने उल्लेख गर्दै भने, "अहिलेसम्म सिभिलको ३० प्रतिशत काम सकिएको छ । बाँकी ४० प्रतिशत पनि हामी द्रुत गतिमा गरिरहेका छौँ । यो सकिएको छ महिनामै बाँकी ३० प्रतिशत काम सम्पन्न हुन्छ ।"

प्राधिकरण र सिएएमसीबीचको सम्झौतामा इपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । 

३० टनसम्मका सवारीलाई एकोहोरो रुपमा पुलबाटै आवागमन गराइने

गत फागुन २६ गतेदेखि यो पुलमा १० टनमाथिका सवारीहरुलाई आवागमनमा निषेध गरिएको थियो । त्यसैको विकल्पमा डाइभसर्न बनाइएको थियो । तर, खोलामा पानीको बहाव नघटेपछि ३० टनसम्मका मालवाहक गाडीहरु भने पुलबाटै आवतजावत गर्न थालेका छन् । ७० टनसम्मको क्षमता भएको पुल निर्माणयता एकपटक पनि मर्मत गरिएको थिएन । स्वयम् सडक डिभिजन कार्यालयले मर्मतमा हालसम्म कति खर्च भयो भन्ने तथ्यांक पनि यकिन नरहेको जनाएको छ ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले सोमबार राति मार्बल र फलाम बोकेका बाहेक अन्य मालबाहक गाडीहरु पुलबाटै क्रस गराइएको जानकारी दिए । “३० टनसम्मका गाडीहरुलाई रातिमा ट्राफिक कम हुँदा एकपटकमा एउटाको दरले पुलबाटै आवतजावत गराइएको छ,” उनले भने ।

तर, यो पनि स्थायी विकल्प भने होइन् । विजयपुर खोलामा तीनवटा हाईड्रोको पानी पनि मिसिन्छ । त्यतिबेला खोलाबाट गाडी डाइभर्ट गर्नको लागि हाइड्रोलाई बाइपासबाट पानी फाल्न कार्यालयले निर्देशन दिएको थियो । तर, वर्षातसँगै खोलामा हाइड्रोको पानी पनि मिसिएको छ ।

पोखरेलले भने, “हाइड्रोलाई बाइपासबाटै पानी फाल्न भनेका छौँ, पानीको बहाव भने बढी नै छ ।” पानीको बहाव नघटेसम्म डाइभसर्न निर्माण गर्न कठिन हुने उनले बताए ।

करोडौँको पुलको आयु जम्मा ११ वर्ष ?

एकहप्तामात्रै गाडीहरु नियमित गुडेको भए ठूलै भवितव्य हुने अनुमान गरिएको यो पुल ११ वर्षमै चर्कियो । रंगरोगनका क्रममा पुल जीर्ण बनेको थाहा पाएपछि सडक डिभिजन कार्यालयले तत्कालै १० टनमाथिका सवारी आवागमनमा निषेध लगायो ।

दैनिक ६ हजार गाडी गुड्ने पृथ्वी राजमार्गमा रहेको यो पुल पोखराको प्रवेशद्वार नै हो । गण्डकी प्रदेशसभामासमेत विषय प्रवेश पाएको पुल २०५९ सालमा टेण्डर भएर म्याद थप गरेपछि २०६४ मा बल्ल निर्माणकार्य सकिएको थियो ।

२०५९ सालमा भएको सम्झौतापत्र डिभिजन कार्यालय आफैँले पनि अहिलेसम्म भेटाएको छैन् । म्यादथप कतिपटक भयो भन्ने कागजात पनि छैन् । पुलको डिजाइन मात्र भेटिएको र अन्य कागजात खोजीक्रममै रहेको डिभिजन प्रमुख पोखरेलले बताए ।

बीटी इलाइट बीपी एड्भेन्चर जेभी कन्स्ट्रक्सन कम्पनीले पुल निर्माण गरेको थियो । पुलको भारबहन क्षमता भने यकिन नभएको पोखरेलले बताए । "७० टनसम्म क्षमता भएको पुलमा डेढसय टनसम्मका गाडी गुड्दा त्यसको आयु त घट्छ नै," उनले भने ।

यो पुल हुँदै दैनिक ६ हजार सवारीसाधन गुड्ने अभिखेल कार्यालयको छ । हाइड्रोदेखि लिएर विकास निर्माणका लागि आवश्यक सबै निर्माण सामग्रीहरु बोक्ने हेभी गाडीहरु पनि दैनिक सयौँको संख्यामा गुड्ने गरेका थिए ।

यो पनि,  समयभन्दा अघि हुँदैछ पोखरा विमानस्थलको काम ! तोकिएको समयभन्दा पहिल्यै सक्ने लक्ष्य

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC