site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आफैँले तय गरेको मितिमा अलमल एन्फा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ(एन्फा) महिला लिगबारे आफैंले घोषणा गरेको मितिबारे अलमलमा परेको छ । मिति घोषणा गर्ने तर प्रतियोगिता संचालनमा चुक्ने पुरानै प्रवृत्तिमा रहेको एन्फा यतिबेला फेरि महिला लिगको मितिबारे अलमलमा परेको हो । ४ महिनाअघि गत जेठ १७ गते एन्फा कार्यसमितिको बैठकले महिला लिग ६ महिना गर्ने घोषणा गरेको थियो । 

घोषणा गरेको मिति अनुसार लिग भदौ २० गतेबाट सुरु हुनुपर्ने हो । तर तय गरेको मितिले पनि एक महिना पार गरिसकेको छ । एन्फाले भने आधिकारीक केही बताएको छैन । सहिद स्मारक ए डिभिजन लिग सरेकोबारे विज्ञप्ति जारी गरेको एन्फा नेतृत्वले महिला लिगबारे बताउन उचित ठानेको छैन । 

लिगबारे एक केन्द्रिय सदस्यले भने, “योजना नबनाई हतारमा मिति घोषणा गर्दा कसरी समयमा संचालन गर्न सकिन्छ ? लिगबारे सामान्य विषयमा पनि छलफल भएको छैन । कस्तो संरचनामा गर्ने केही योजना छैन ।” उनको भनाइलाई आधार मानेर भन्ने हो एन्फा महिला लिगको मितिमा चुकेको प्रष्ट छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एन्फा प्रवक्ता किरण राई भने आन्तरिक तयारीमा रहेको दाबी गर्छन् । उनी भन्छन्, “प्रायोजक लगायतका विषयमा छलफल भइरहेको छ । हामी कसरी गर्ने विषयमा छलफलमा छौं ।” दक्षिण एसियाली खेलकुदको तयारीमा रहँदा समस्या भएको बताउने उनी ६ महिना भन्दा कम समयमा लिग हुने बताउँछन् । 

यता लामो समयको लिग हुने समाचारपछि उत्साहित महिला खेलाडी भने निराश भएका छन् । खेलाडीको उत्पादनको मेरुदण्ड मानिने लिगमा आफनो क्षमता सुधार र महिनाभरी व्यस्त हुने भनेर खुसि भएका उनीहरु फेरी एक साताको लिग हुने त होइन भन्ने अन्योलमा छन् । 

Global Ime bank

यहि अन्योलका बिच घरेलु मैदानमा हुने सागका लागि खेलाडी यतिबेला पोखरामा अभ्यास गरिरहेका छन् । लिगबारे एक खेलाडीले आक्रोश पोखिन््, “नतिजामात्र खोज्छन्, खेलाडीको क्षमता सुधारका लागि सोच्नुपर्दैन ? लिग नगर्ने भए किन मिति मात्र घोषणा गर्ने ।”

राष्ट्रिय खेलाडीको आक्रोश त छँदै छ । लिगपछि फुटबलमा करिअर बनाउँला भनेर पर्खाइमा रहेका खेलाडीमा झन नैराश्यता बढेको छ । 

रौतहट फुटबल टोलीकी एक खेलाडीले भनिन्, “लिगपछि विभागिय टोलीको नजरमा परिन्छ कि भन्ने आशा थियो । लिग हुने कहिले हो कहिले । तनाव लागेको छ । विभागमा भयो भने आर्थिक राहत हुन्छ कि भन्ने छ ।”

नेपालमा घरेलु लिगको संरचना निकै कमजोर छ । बर्षेनि उपराष्ट्रपति महिला लिगको नाममा आयोजना हुने लिग एक सातामा सकिन्छ । कर्माछिरिङ शेर्पाको नेतृत्व आएपछि महिला टोलीको प्रतियोगितामा सहभागिता बढेपनि लिगबारे पुरानै अवस्था छ । गतवर्ष एकसातामै सम्पन्न भएको थियो ।

त्यसबेला कर्माको नेतृत्व आएको केही महिनामात्र भएको थियो । यसपाली यस्तै भए पनि अर्को पटकबाट परिमार्जन गर्ने प्रतिबद्धता जनाएको एन्फाले मिति त घोषणा गर्यो तर लिग संचालनमा कुनै चासो दिएको छैन । घोषणाको लामो समय र आधिकारीक जानकारी नदिँदा लिगबारे अन्योलता बढेको छ । 

भरपर्दो घरेलु प्रतियोगिता नभएपनि महिला खेलाडीको प्रदर्शन भने सुधारिँदो छ । सुधारिँदो प्रदर्शनले अन्तर्राष्ट्रिय फुटबलमा महिला टोलीले आफनो पहिचान फेरिरहेको छ । पछिल्लो एक वर्षमा महिला टोली ३ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ । भलै उपाधिबाट भने बन्चित हुँदै आएको छ । 

एक महिनाअघि किर्गिस्तानमा सम्पन्न भएको नाडेज्दा कपको फाइनलमा बलियो उज्वेकिस्तानसँग नेपाल पराजित भयो । तर अन्य खेलको प्रदर्शन भने सम्झनलायक रह्यो । त्यसअघि नेपाल गत फागुनमा घरेलु मैदानमा आयोजना भएको पाँचौं साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । तर सधैजसो दबदबा राख्ने भारतविरुद्ध नेपालले जित निकाल्न सकेन । 

त्यसको दुई साताअघि मात्र नेपालले भारतमा सम्पन्न हिरो गोल्डकपमा भारतमाथि ऐतिहासिक जित निकालेको थियो । तर फाइनलमा नतिजा म्यानमारलाई सुम्पियो । त्यसपछि नेपालले ओलम्पिक छनोटको दोस्रो चरणमा सहभागिता जनाएको थियो । तर यो बिचमा घरेलु मैदानमा भने केही प्रतियोगिता भएनन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !