site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ठगेरै अर्बपति ! निसानामा एकल र धनाढ्य महिला
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुनै समय काठमाडौंको तिलगंगा क्षेत्रस्थित एक होटलमा भाँडा माझ्ने काम गर्ने दिनेश कोइराला, जो ठगेरै अर्बपति बनेका छन भन्दा पत्यार नलाग्न सक्छ । तर घटनाको वास्तविकता यहि हो । दोलखामा जन्मिएका दिनेश कोइराला ठगेरै अर्बपति बनेका छन् । कोइरालाको ठगीधन्दाको जालोमा सामान्य मानिसदेखि उच्च ओहदाका व्यक्ति नै परेपछि उनको पोल खुलेको हो । 

को हुन दिनेश कोइराला ?

सामान्य लेखपढ गरेका दिनेश कोइरालाको उमेर ३६-३७ वर्ष भयो । दोलखा पवटी स्थायी घर भएका उनी हाल काठमाडौं महानगरपालिका-४, बालुवाटारमा बस्दै आएका छन् । उनको आफ्नै घर र विभिन्न स्थानमा मदिरा पसल पनि छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय अपराध महाशाखाका एक अधिकारीका अनुसार एक दशकअघि दिनेश तिलगंगा क्षेत्रकै होटलमा भाडा माझ्ने काम गर्थे । त्यसअघि उनले वालुवा चाल्ने काम समेत काम गरेका थिए । केही समय उनले लतिलपुरको सातदोबाटो क्षेत्रमा नृत्य प्रशिक्षकको समेत काम गरे ।

होटलमा काम गर्दागर्दै उनको भेट एकजनासँग भयो । उनै व्यक्तिसँगको भेटपछि दिनेश कोइरालाले केही समयपछि होटलको काम छोडेको प्रहरी बताउँछ । काम छोडेपछि सबैभन्दा पहिले दिनेशले आफ्नो हुलिया परिर्वतन गरे । मिलेको लुगा आकर्षक ‘गेटअप’ । प्रहरीका अनुसार दिनेशले एकल र धनाढ्य महिलालाई ठग्ने योजना बनाए ।

Global Ime bank

त्यसपछि उनी एकल र धनाढ्य महिलाको खोजी गर्न थाले । धनाढ्यसँगै एकल महिलाको पहिचान गरेपछि उनले सम्बन्ध विस्तार गर्न थाले विभिन्न बहानामा । सम्बन्ध स्थापित भएपछि दिनेशले मिलेर काम गरौं भन्दै उनीहरुबाट रकम माग्न थाले । एकैचोटी फस्टाउने भन्दै विभिन्न व्यापारको आकर्षक योजना सुनाउन थाले । 

दिनेशको प्रभावमा परेपछि महिलाले भनेजस्तै गर्दै गए । रकम अपुग हुने भन्दै दिनेशले घरजग्गा समेत बैंकमा राख्न लगाए । कतिपयको जमिन नै आफ्नो नाममा समेत गर्न भ्याए । त्यहीबाट गरिब परिवारका दिनेशको जीवनशैली बदलियो । ठग्दाठग्दै उनले बालुवाटारमा घर किने, गाडी किने, ठाउँठाउँमा मदिराका पसल पनि छन् । यहाँसम्म कि उनले विस्तारै विश्वास दिलाउनका लागि दोस्ती गरेपछि काठमाडौंका महँगा होटलमा लगेर खाजा खुवाउने, सुरूमा दूईचार लाख आवश्यक परे सहयोग नै गर्नेसम्म पनि गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

ठग्नकै लागि नक्कली कार्यालय

दिनेशबाटै ठगिएका एकजना पीडित लतिलपुर भैँसेपाटीका शुलभ कर्माचार्य बाह्रखरीको सम्पर्कमा आए । उनीबाट पनि दिनेशले एक करोड ५० लाख बढी ठगी गरेका छन् । शुलभ कम्प्युटर, ल्यापटपलगायतको व्यवसाय गर्दै आएका छन् । उनका अनुसार ०६९ सालमा दिनेशले आफ्ना सहयोगी शुलभलाई भेट्न पठाए ।

दिनेशका सहयोगीले सुरुमै नयाँ अफिस सेटअपका लागि भन्दै ३०० ओटा ल्यापटप र कम्प्युटर चाहिने बताए । उनले किस्ता किस्तामा रकम तिर्ने पनि बताए । शुलभ एकछिन त सोचमग्न पनि भए । तर आफू व्यवसायी भएपछि उनले धेरै सोचेनन् । शुलभले कार्यालय हेर्ने इच्छा व्यक्त गरे । त्यतीबेला दिनेश पनि सम्पर्कमा आइसकेका थिए । शुलभलाई उनीहरुले कार्यालय देखाए, भक्तपुरको सल्लाघारीमा ।

शुलभ भन्छन्, ‘‘कार्यालय भव्य थियो । हेर्दा यो मान्छे त अर्बपति नै होलाजस्ता लाग्यो । व्यवसायीले उधारोमा त कारोबार गर्नैपर्छ । सुरूमा १५ प्रतिशत दिने सहमतिपछि मैले एकपटक २०० ल्यापटप दिए ।’’ शुलभले त्यसपछि पनि निरन्तर सामग्री प्रदान गर्दै गए । केही समयपछि शुलभले ६४ लाखको चेक पाए दिनेशबाट । तर बैंकमा जाँदा रकम थिएन ।

विस्तारै दिनेश सम्पर्कमा आउन छाडेपछि शुलभ उनको कार्यालय पुगे सल्लाघारी । तर न त्यहाँ कार्यालय थियो, न त आफूले दिएका ल्यापटप नै । शुलभले दिनेशविरुद्धको मुद्दा पनि जितिसकेका छन्, जिल्ला र पुनरावेदनबाट । तत्कालीन समयमा दिनेश पोखराबाट पक्राउ परे । पक्राउ परेपछि दिनेशले फेरि प्रभावमा पारे शुलभलाई । शुभल भन्छन्,‘‘उनी जेलमा थिए । जेलमा रहेको बेला कसरी पैसा तिर्ने भनेर भनेपछि प्रक्रिया पुर्‍याएर निकाल्यौं । तर उनी फेरि सम्पर्कविहीन भए । बेलाबेला पैसा दिन्छु धैर्य गर्दै गर भनेर म्यासेज पठाइरहन्छ ।’’

सयौंलाई ठगी, निसानामा महिला

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई केही दिनअघि पक्राउ गरेको छ । महाशाखाका एसएसपी सहकुल थापाका अनुसार हालसम्म एक सय ५० भन्दा बढी व्यक्तिलाई दिनेशले ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दैनिक महाशाखामा पीडित पुग्ने क्रम जारी छ । एसएसपी थापा भन्छन्,‘‘कोइरालाले सामूहिक लगानीको माध्यमबाट व्यवसाय गरेर छोटो समयमै कमाउन सकिने लोभ, कतिपयलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगेको पाइएको छ । अधिकांश पीडित महिला छन् ।’’

कोइरालाले पूर्वको मोरङ, सुनसरी र झापाका सर्वसाधारणलाई बढी ठगेको पाइएको थापाले बताए । कोइरालाकै कारण आफूले घरजग्गा बेच्नुपरेको गुनासो छ, शुलभ कर्माचार्यको । 

एसएसपी थापा भन्छन्,‘‘कोइरालाकै कारण कतिपयको पारिवारिक सम्बन्ध नै भत्किएको छ । सामाजिक प्रतिष्ठामा आँच पुगेको छ । उनले ठगेकाहरु सम्पर्कमा आउने क्रम जारी छ ।’’ प्रहरी अधिकारीका अनुसार उनले आफन्तलाई समेत ठगेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !