site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्वतन्त्र समूहकै सदस्य विभाजित, क्यान विवाद समाधान टाढिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलाउन बनाइएको स्वतन्त्र समूहकै सदस्यहरु नै दुई पक्षमा प्रस्तुत हुँदा क्यान विवादको समाधान प्रयास ‘पहिला कुखुरा की अण्डा’ को जस्तो अप्ठेरो प्रश्नमा अड्किएको छ । अदालतको मुद्दा पहिले फिर्ता लिने की तदर्थ समिति पहिले भंग गर्ने भन्ने फरक पक्षको अडानका कारण क्यानको विवादले तत्काल निकास पाउने देखिँदैन । विवादको समाधान झनै टाढा हुने संकेत देखिएको छ । 

क्यान विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बनाएको स्वन्त्र समितिको पहिलो बैठकले १५ दिनभित्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई तदर्थ समिति भंग गर्न र निर्वाचित क्यानलाई अदलतमा रहेको मुद्दा फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, निर्वाचित कमिटीका तर्फबाट स्वतन्त्र समितिमा रहेका सदस्य ठाकुरप्रताप थापाले समयसीमा राखेका कारण माइन्यूटमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । त्यसपछि स्वतन्त्र समितिले माइन्यूटमा १५ दिनको समयसीमा हटाएको थियो । तर थापाले जिल्ला निर्वाचनका सम्बन्धमा लिगल कमिटीले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेपछि मात्र अन्य प्रक्रिया अघि बढ्ने भनेर स्वतन्त्र समितिलाई जानकारी दिएका थिए । जुँगाको लडाईँमा लागेको राखेपले मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेपछि मात्र तदर्थ समिति भंग गर्ने भन्दै ‘बार्गेनिङ’ गरेपछि तत्कालका लागि प्रकृया रोकिएको छ । 

“जिल्ला निर्वाचनबारे लिगल कमिटीले प्रतिवेदन पेस गरिसकेको छ । यसलाई अहिले सार्वजनिक नगर्ने भन्ने हो । तर, यसैलाई लिएर बार्गेनिङ गर्ने प्रवृत्ति देखिएको छ । एकजना व्यक्तिको स्थान कहाँ र कस्तो हुन्छ भन्ने सोचले नेपाली क्रिेकट अगाडि बढ्न सक्दैन,” स्वतन्त्र समितिका अर्का सदस्य एलबी क्षेत्रीले भने, “राखेपले मुद्दा फिर्ता लिएपछि मात्र तदर्थ समितिबारे निर्णय गर्ने भनेको छ र अर्को पक्ष तदर्थ समिति भंग गरेमात्र मुद्दा फिर्ता प्रकृया अघि बढाउने भन्छ । अहिले नेपाली क्रिकेटको विवाद यहीँ अल्झिएको छ ।”

Global Ime bank

राखेपको तर्फबाट स्वतन्त्र समिति सदस्य बनेका एलबी क्षेत्रीले मुद्दा फिर्ता र तदर्थ समिति भंगको विवादका कारण प्रक्रिया अगाडि नबढेको भने पनि थापाले सत्य फरक रहेको दाबी गरे । थापाले जिल्ला निर्वाचनबारे लिगल कमिटी छलफलमै रहेको र प्रतिवेदन नआएका कारण अहिले प्रक्रिया रोकिएको बताए । 

“आईसीसीले दुवै पक्षलाई पत्र पठाएको थियो । त्यस विषयमा क्यानले अदालतमा रहेको मुद्दाका कारण कुनै पनि प्रक्रियामा असर नपर्ने भनेको छ । राखेपले पनि तदर्थ समितिको समय थप नगरिएकाले त्यसको औचित्य सकिइसकेको भनेको छ,” निर्वाचित क्यान पक्षका थापाले भने, “त्यसैले यसमा कुनै समस्या छैन । स्वतन्त्र समितिअन्तर्गत बनेको लिगल कमिटीले जिल्ला निर्वाचनबारे अध्ययन गरिरहेको छ । अहिले हामी त्यही प्रतिवेदन कुरिरहेका छौं । जिल्ला निर्वाचन र प्रदेश हुँदै केन्द्रमा आइपुग्ने हो । जिल्लाकै टुंगो नलागेका कारण प्रक्रिया त्यहीँ अड्किएको छ ।”

तथापी क्षेत्रीले लिगल कमिटीले आईसीसीलाई प्रतिवेदन बुझाइसकेको दाबी गरे । “स्वतन्त्र समितिमा तीनजना आईसीसीका मान्छे छन् । त्यसैले स्वतन्त्र समितिलाई आएको कुरा आईसीसीमा पुगेको भन्दा फरक पर्दैन । तर अहिले उक्त प्रतिवेदन सार्वजनिक गर्दा विवाद बढ्न सक्छ भन्ने हो । त्यसैले मुद्दालगायतका अन्य विषय टुंगिएपछि जिल्ला निर्वाचनको प्रतिवेदन सार्वजनिक गर्दा राम्रो हुन्छ । तर यसैलाई बार्गेनिङको विषय बनाउनुहुँदैन,” क्षेत्रीले थपे, “प्रविधिक रुपमा अल्झिएको जस्तो देखिन्छ । यही विवाद कायम रह्यो भने आईसीसी कुनै न कुनै नयाँ विकल्पमा जानेछ ”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement