site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीसीटीभीमा कैद हुन सक्छ निर्मलाका हत्यारा ? होटेल ओपेरासँगै अन्य क्यामेराको दृश्य ‘रिकभर’ को प्रयास 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा १६ वटा सीसीटीभी क्यामेरा जडान थिए । भीमदत्त नगरपालिकाले स्मार्ट सिटीको घोषणा गर्दै  विभिन्न स्थानमा क्यामेरा जडान गरेको थियो । क्यामेराको ‘कन्ट्रोल रुम’ भने जिल्ला प्रहरी कार्यालयभित्रै छ । साउन १६ गतेसम्म सबै क्यामेरा सञ्चालनमा थिए । तर साउन १७ गतेबाट ७ वटा क्यामेरा एकाएक बिग्रिएको बताइयो । 

एकै मितिमा जडित क्यामेरा बिग्रेका मात्रै होइनन्, त्यसमा भएको फुटेज अर्थात दृश्य पनि हटेको बताइएको छ । सीसीटीभी बिग्रिनु सामान्य कुरा होला तर निर्मला पन्तको हत्याअघिका दृष्य ती क्यामेरामा हुन सक्छन् भनेर जसरी चर्चा हुन थाल्यो त्यसपछि एकैपटक ७ वटा सीसीटीभी बिग्रिएको बताइयो ।

साउन १० गते घरबाट साथीको घरमा अध्ययनका लागि गएकी निर्मला ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । साउन १० गते नै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराको ‘बर्थ डे’ पार्टी थियो, महेन्द्रनगरकै चर्चित होटल ओपेरामा । 
एसपी विष्टका छोराले ओपेरा होटलमै आफ्नो ‘बर्थ डे’ मनाएको प्रहरी अनुसन्धानमा खुलेको स्रोतको दाबी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एसपी विष्टका छोरासँगै अन्य २ जना युवा र ३ जना युवती रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो । होटल ओपेरा प्रशासनले १५ दिनसम्ममात्रै सीसीटीभी क्यामेराको भिजुअल (दृश्य) स्टोरेज हुने र त्यसपछि स्वतः मेटिएर जाने प्रहरीलाई जानकारी दिएको छ । 
बिग्रिएका भनिएका क्यामेरा पनि ओपेरा होटलको गेटदेखि गल्ली नम्बर १ क्षेत्रका रहेका छन् । 

‘‘एसपी विष्टका छोराको जन्मदिन ओपेरामै मनाएको भन्ने कुरा छ । यस्तोमा सीसीटिभी क्यामेराको फुटेज हेरको भए जन्मदिनमा अरु को–को आएका थिए भन्ने खुल्न सक्थ्यो । तर त्यतापट्टि ध्यान दिइएको पाइएन,” एक प्रहरी अधिकृतले भने ।

Global Ime bank

प्रहरीले अनुसन्धानका क्रममा शंकास्पद सबै कुरालाई निगरानीमा राख्नुपर्ने उनको तर्क छ । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले होटल ओपेरादेखि महेन्द्रनगर बजार क्षेत्रका बिग्रिएका सीसीटीभी क्यामेराको ‘मेमोरी’ काठमाडौं झिकाइएको बताए । 
‘‘सबै क्यामेराका मेमोरी डिजिटल ल्याबले हेरिरहेको छ । क्यामेराबाट हटेका दृश्य रिकभरको प्रयास हुँदैछ,” एसएसपी क्षेत्रीले भने । 

नेपालमै भएका कतिपय घटनामा सीसीटीभी क्यामेराको दृश्यको सहयोगले अपराधीको पहिचान गरिएको छ । काठमाडौंमा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संग्लन अभियुक्तको पहिचान पनि सीसीटीभी क्यामेरको फुटेजकै कारणले भएको थियो । महेन्द्रनगरमा जडित क्यामेरामा कति दिनसम्मको दृश्य रहन्थ्यो भन्ने प्रश्नको जवाफ कञ्चनपुर प्रहरीले दिन चाहँदैन । 

स्रोतका अनुसार प्रहरी कार्यालयमा राखिएको नियन्त्रण कक्षको स्टोरेज क्षमता ६ टीबी भएको र जसमा एक महिनासम्मको डाटा सुरक्षित राख्न सकिन्छ । निर्मलाका आमाबुवाले होटल ओपेरामा एसपी विष्टका छोराको जन्मदिन पार्टीमा आफ्नी छोरी निर्मलालाई पनि लगिएको आशंका व्यक्त गर्दै आएका छन् । 

तर एसपी डिल्लीराज विष्टका छोरा किरणले बाह्रखरीलाई पठाएको एक पत्रमा आफूले निर्मलालाई चिन्दै नचिनेको दाबी गरेका थिए । निर्मला हत्याकाण्डमा एसपी डिल्ली विष्टसहित ६ जना प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् । निर्मला हत्याकाण्डकै अनुसन्धानका क्रममा एसपी विष्टसँगै उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुस विष्टको डीएनए परीक्षण हुँदैछ ।

रिपोर्ट आउन अझै केही समय बाँकी छ । निर्मला हत्याकाण्डको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसएसपी ठाकुर ज्ञवाली, एआइजी धिरु बस्न्यातको टोलीले गरिरहेको छ भने गृह मन्त्रालयका सह–सचिव हरि मैनालीको टोलीले पनि स्थलगत अध्ययन गरेको थियो । प्रहरी स्रोतका अनुसार निर्मला हत्याकाण्डबारे कञ्चनपुर प्रहरीले केही दिनभित्रै पत्रकार सम्मेलनको तयारी गरेको छ ।

यसअघि कञ्चनपुरका तत्कालीन एसपी विष्ट र सीआईबीका डीएसपी अंगुर जिसीको टोलीले मुख्य अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेको थियो । तर दिलिपको डीएनए निर्मलाको शरीरमा पाइएको पदार्थसँग नमिलेपछि उनलाई छाडिएको थियो । दिलिपलाई पक्राउ गरेपछि कञ्चनपुरमा प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै आन्दोलन चर्किएको थियो ।

आन्दोलनमा प्रहरीले गोली चलाउँदा शनि खुनाको ज्यान गएको थियो भने १२ जना बढी अझै घाइते छन् । घाइतेमध्ये अर्जुन भण्डाराको एउटा खुट्टा नै काट्नुपरेको छ भने उनको अझै पनि अचेत अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । निर्मलामा आमाबुबाको टोली न्यायको खोजीमा काठमाडौंमै आएर प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई भेटेर कञ्चनपुर फर्किएको थियो । 

यसैबीच गृह मन्त्रालयले बनाएको सहसचिव स्तरको छानबिन समितिले आफ्नो प्रतिवेदन मंगलबार नै गृहमन्त्रीलाई बुझाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !